9 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

कोहलपुरकाे आर्मी क्याम्पदेखि एक किलोमिटर अगाडी बस र टिप्पर दुर्घटना, ३८ घाइते र एक मृत्यू

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, बैशाख ३, २०७८  

 

बाँकेको कोहलपुर नगरपालिकाे आर्मी क्याम्पदेखि एक किलोमिटर अगाडी बस र टिप्पर एकआपसमा ठोकिदा ३८ जना घाइते र एक जना मृत्यू भएको छ ।

जिल्ला ट्राफिक कार्यालयका प्रमुख राजु भण्डारीका अनुसार ३८ जना घाइते भएको र एक जनाको घटना स्थलमा मृत्यु भएको बताए । साे बसमा ३९ जना यात्रु रहेकाे जिल्ला ट्राफिक कार्यालयका प्रमुख भण्डारीले बताए ।

उनका अनुसार घाइतेहरुलाई नेपालगञ्ज मेडिकल कलेजमा उपचारको लागि लिने त्रम जारी रहेकाे बताए । अन्य थप जानकारी आउन बाँकी ।

प्रकाशित मितिः शुक्रबार, बैशाख ३, २०७८     7:26:38 PM  |