21 May 2024  |   मङ्लबार, जेष्ठ ८, २०८१

भखरै काेहलपुरमा बस र ट्रक ठोकिदा ३८ जना घाइते, एक जनाको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, बैशाख ३, २०७८  

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाे आर्मी क्याम्पदेखि एक किलोमिटर अगाडी बस र ट्रक एकआपसमा ठोकिदा ३८ जना घाइते र एक जना मृत्यू भएको छ ।

जिल्ला ट्राफिक कार्यालयका प्रमुख राजु भण्डारीका अनुसार ३८ जना घाइते भएको र एक जनाको घटना स्थलमा मृत्यु भएको बताए । साे बसमा ३९ जना यात्रु रहेकाे जिल्ला ट्राफिक कार्यालयका प्रमुख भण्डारीले बताए ।

उनका अनुसार घाइतेहरुलाई नेपालगञ्ज मेडिकल कलेजमा उपचारको लागि लगिएको बताए । अन्य थप जानकारी आउन बाँकी ।

प्रकाशित मितिः शुक्रबार, बैशाख ३, २०७८     6:48:15 PM  |