काठमाडौं–
भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा ६१ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालले पछिल्लो २४ घण्टामा गरिएको कोरोना परीक्षणको विवरण सार्वजनिक गर्दै कुल परीक्षण गरिएको स्वाब मध्ये ६१ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
भेरी अस्पतालको प्रयोगशालामा गत २४ घण्टामा १२३ जनामा आरटी पीसीआर परीक्षण गरिएको थियो । तीमध्ये ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमित हुनेमा ४ वर्षको बालक देखि ८१ वर्षीया वृद्धा समेत छन् ।
यस्तो छ अस्पतालले सार्वजनिक गरेको संक्रमितको विवरण
प्रकाशित मिति : २०७८ वैशाख १ गते बुधबार
प्रतिक्रिया दिनुहोस्