नेकपा एमाले बाँकेले मदन भण्डारी अध्यक्ष कक्ष (लाइब्रेरी) स्थापना गरेको छ ।
पार्टी कार्यालयमा केन्द्रीय सदस्य देवराज भारले अध्ययन कक्षको बुधवार उद्घाटन गरे । नेता कार्यकर्ताहरुलाई अध्ययनशिल बनाउन अध्ययन कक्ष निर्माण गरिएको भारले बताए ।
पार्टी अध्यक्ष सुर्य ढकालले अध्ययन कक्षमा सबै प्रकारका पुस्तकहरु पढ्न पाइने बताए ।
वाइफाई सुविधा सहितको अध्यक्ष कक्ष निर्माण गरिएको ढकालले बताए । एमाले बाँकेका नेता अशोक कर्माचार्यले अब अध्ययन केन्द्रमा जस्तोसुकै पुस्तक पनि पढ्न पाइने बताएका छन् ।
प्रकाशित मिति : २०७८ वैशाख १ गते बुधबार
प्रतिक्रिया दिनुहोस्