29 March 2024  |   शुक्रबार, चैत्र १६, २०८०

बैजनाथ गाउँपालिकाकी डिल कुमारी कसेरा मृत्यु, आफ्न्तद्वारा कोहलपुर चौराहमा चक्काजाम

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, चैत्र २०, २०७७  

कोहलपुर ।

कोहलपुर चौराहमा आफ्न्तहरुले सडकमा टायर बाल्दै ।                                                                                  तस्बिर : डिल्ली शाही

बैजनाथ गाउँपालिका १ बस्नेत ३० वर्षिया डिल कुमारी केसराको मृत्यू भएको छ । शुक्रबार बिहान ९ बजे ४ जना सवारी लिँदै गाभर जाने क्रममा कोहलपुर चौराहबाट २०० मिटर अगाडि सुर्खेत जाने रोडमा आफै अटो पल्टीएर केसराको मृत्यू भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजु भण्डारीले बताए ।

अहिले मृतकका आफन्तहरुले कारवाहीको माग राख्दै कोहलपुर चौराहमा चक्काजाम भएको छ । कोहलपुर नगरपालिका वडा नं. ४ बस्ने सवारी चालक लाल बहादुर कार्कीले रहेको भण्डारीले बताए ।

यस्तै सवारीमा ४ जना रहेको थिए भने एक जनाको मृत्यु भैसकेको छ भने अन्य तीन जना घाइते भएको भण्डारीले बताए । उनीहरुको अहिले कोहलपुर मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भैरहेको भण्डारीले बताए । यस्तै सवारीमा बैजनाथ गाउपालिका १ बस्ने सुन केसरा, संगिता केसरी र सावित्री शाह यात्रु रहेका थिए ।

प्रकाशित मितिः शुक्रबार, चैत्र २०, २०७७     7:22:34 PM  |