29 November 2021  |   सोमवार, मंसिर १३, २०७८

भेरीलाई मातृ शिशु मैत्री अस्पतालको मान्यता

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, चैत्र १९, २०७७  

नेपालगञ्ज ।

बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पतालले मातृ शिशु मैत्री अस्पतालको मान्यता पाएको छ । भेरीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले मातृ शिशु मैत्री अस्पतालको मान्यता दिएको हो ।

बुधबार भेरी अस्पतालले मातृ शिशु मैत्री अस्पतालको मान्यता पाएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. प्रकाश थापाले जानकारी दिए । ‘मंगलबार र बुधबार दुई दिन भेरी अस्पतालका प्रतिनिधिबीच भएको अभिमुखिकरणपछि अस्पतालले मातृ शिशु मैत्री अस्पतालको मान्यता पाएको हो’ उनले भने ।

भेरी अस्पतालले मातृ शिशु मैत्री अस्पतालको मान्यता पाएसँगै २० बुँदे प्रतिबद्धतामा विभागका निर्देशक डा. तारानाथ पोख्रेल र अस्पतालका मेसु डा. थापाले हस्ताक्षर गरेका थिए । सरकारले नेपालमा मातृ शिशु पोषण स्थितिमा सुधार ल्याउने महत्वपूर्ण कदमका रुपमा मातृ शिशु मैत्री अस्पताल अभियान सुरु गरेको जनाएको छ ।

यस अभियानलाई पाँच वर्षभित्र देशका सबै अस्पतालमा पु¥याउने लक्ष्य रहेको वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागका निर्देशक पोख्रेलले जानकारी दिए ।

‘मातृ शिशु पोषण स्थितिमा सुधार ल्याउने महत्वपूर्ण कदमका रुपमा यो अभियानलाई लिएका छौं’ उनले भने, ‘पाँच वर्षभित्र यो अभियानलाई सबै अस्पतालमा पु¥याउँछौं ।’

प्रकाशित मितिः बिहिबार, चैत्र १९, २०७७     2:05:16 PM  |