18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

मदुवा घाटमा डुबेका युवाको शव भेटियो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, चैत्र १७, २०७७  

खोलामा नुहाउन गएका युवा मृत अवस्थामा भेटिएका छन । बाँकेको राप्तीसोनारी गाँउपालिका ५ चिलहरियाका २१ वर्षिय दिपक वैश्य मृत अवस्थामा भेटिएका हुन ।

सोमबार राप्तीसोनारीस्थित राप्ती नदिको मदुवा घाटमा बन्दै गरेको पुल नजिकै उनि डुबेका थिए । पौडी खेल्ने क्रममा डुबेका वैश्यको शव एक दिनपछि आज मात्र भेटिएको हो ।

प्रहरी, सशस्त्र प्रहरी र स्थानीय युवहरुको टोलीले घटना घटेलगत्तैबाट वैश्यको खोजी जारी राखेपछि मंगलबार बिहान मात्र उनको शव भेटिएको स्थानिय पत्रकार हेमन्त चौधरीले जानकारी दिएका छन ।

प्रकाशित मितिः मङ्लबार, चैत्र १७, २०७७     1:24:47 PM  |