20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

‘बाघ निकुञ्ज क्षेत्रभित्रै सुरक्षित’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, चैत्र १२, २०७७  

कोहलपुर 

मगंलबार विहान फलामे खोर भत्काएर भागेको भाग सुरक्षित स्थानमा गएको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ । बाघ आफ्नै प्राकृतिक बासस्थान तर्फ गएकोले बाघ आफूपनि सुरक्षित रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम कुमार शाहले जानकारी दिए ।उनका अनुसार अब बाघबाछ मानवीय क्षति हुनसक्ने सम्भावना समेत कम छ । उनले बाघ निकुञ्जको कोर क्षेत्रमा गएको छ ।

‘जहाँ पूर्ण रुपमा जंगल क्षेत्र छ । यो क्षेत्र मानव रहित क्षेत्र समेत हो । सेनाले पहरा दिइरहेको छ । विभिन्न पोष्ट समेत छन् । बाघबाट मानवीय क्षति सम्भावना देखिदैन । बाघ जंगलभित्र सुरक्षित छ ।’ उनले भने ।उनका अनुसार अब बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या २२ पुगेको छ ।यसअघि सन २०१८ मा गरिएको गणना अनुसार निकुञ्जमा २१ वटा बाघ थिए ।

बाघले खोरमा आफूलाई सुरक्षित महशुस नगरेर बन्धन तोडेर गएकोले फेरी बस्तीतिर फर्किने सम्भावना भने न्यून रहेको उनको भनाइ छ । अब बाघले सुरक्षित स्थान नै रोज्ने हो । त्यो भनेको कोर क्षेत्र नै हो । सुरक्षित स्थान खोज्दै बाघ घना जगंल क्षेत्रमा गइसकेको छ । बाघ सुरक्षित विचरणमा रहेको उनले बताए ।

उक्त बाघको लामो समयदेखिको बासस्थान बर्दिया राष्ट्रिय निकुञ्ज हो । प्रमुख संरक्षण अधिकृत शाह हरेक सर्जीव प्राणीले आफ्नो मूल घर मन पराए झैँ बाघ पनि आफ्नो पहिलेदेखिको बासस्थानमा जान सक्नेपनि बताए । उसले सुरक्षित स्थान खोज्ने क्रममा सहज वातावरण सिर्जना भएमा बाँके निकुञ्ज मै बस्ने सम्भावना रहेको समेत उनले जानकारी दिए ।

तर अहिले खोरबाट भागेर गएको बाघले उक्त क्षेत्रमा प्रसस्त मात्रामा पानी,खाना, साहारा र राम्रो वातावरण पायो भने यतै बस्न सक्ने सम्भावना पनि उत्तिकै छ। उनले बर्दियामा कम आहारा, असहज वातावरणका कारण जंगलमा मानवसँग जम्काभेट भएका कारण बाघले आक्रमण परेको पनि उनले सुनाए। बाघ जंगलमा अर्कोपक्षसँग अकस्मात भेट भएमा झम्टिने वार आक्रमण गर्ने गर्दछ।

खोरमा राख्नु अघि बाघले बर्दियाको खाता जैविक क्षेत्रमा वितण्डा नै मच्चाएको थियो । दैनिकजसो बाघको आक्रमणबाट मानिसहरुको मृत्यु हुन थालेपनि निकुञ्जका कर्मचारी र राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारीले गत चैत्र ४ र ५ गते दुई वटा बाघ नियन्त्रणमा लिएका थिए ।

प्रकाशित मितिः बिहिबार, चैत्र १२, २०७७     10:16:32 AM  |