बाँके कोहलपुर क्षेत्रबाट प्रहरीले लागू औषध चरेशसहित दुई युवालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँके र ईलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले १२ किलो लागूऔषध चरेशसहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।
कोहलपुर– १२ को चप्परगौडीमा रहेको एक होटलबाट १२ किलो लागू औषध चरेशसहित रुकुम पूर्वका २१ वर्षीय रबी पुनमगर र रोल्पाका २४ वर्षीय रुद्र बुढाथोकी पक्राउ परेका हुन् ।
उनीमाथि थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रबिन्द्र खनालले जानकारी दिए ।
प्रकाशित मिति : २०७७ चैत ११ गते बुधबार










प्रतिक्रिया दिनुहोस्