3 December 2021  |   शुक्रबार, मंसिर १७, २०७८

निःशुल्क सामग्री वितरण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, चैत्र ११, २०७७  

काेहलपुर ।

बर्दियाको बाँसगढी नगरपालिकाका अपाङ्गगता भएका व्यक्तिहरुलाई ह्वीलचियर,ट्राई साइकल, बैशागी, ह्वाइट क्यान लगायतका सामग्री निःशुल्क वितरण गरिएको छ ।

मंगलबार बाँसगढी नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र रहेका १५ जना अपाङ्गगता भएका व्यक्तिहरुलाई ह्वीलचियर,ट्राई साइकल, बैशागी, ह्वाइट क्यान लगायतका साम्रगीहरु निःशुल्क वितरण गरेको हो ।

जसमध्ये ५ वटा साइकल, १० वटा ह्वीलचियर, ६ वटा बैशागी र ह्वाइट क्यान निःशुल्क रुपमा वितरण गरिएको नगरपालिकाले जनाएको छ । बाँसगढी नगरपालिकाकी उप–प्रमुख सुस्मा चौधरीले अपाङ्गगता भएका व्यक्तिहरुलाई ह्वीलचियर, ट्राई साइकल, बैशागी, ह्वाईट क्यान लगायतका साम्रगी हस्तान्तरण गरेकी थिइन् ।

बाँसगढी नगरपालिकाको महिला तथा बालिबालिका शाखाका प्रमुख यसोदा ढकाल, सहायक महिला विकास निरिक्षक भगवती ढकाल, नगर स्तरीय अपाङ्गगता सञ्जालका अध्यक्ष दिप बहादुर चन्द, राष्ट्रि«य अपाङ्गता पुर्नस्थापना केन्द्रका उपाध्यक्ष सुवम भट्टराई, बर्दिया पुनःस्थापना केन्द्रका अध्यक्ष कृष्ण बहादुर क्षेत्री लगायत अन्य सरोकारवालाहरुको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः बुधबार, चैत्र ११, २०७७     5:23:28 PM  |