कोहलपुर ।
कोहलपुर नगरपालिकाकाले अमिनहरुलाई पाँच दिने तालिम सुरु गरेको छ । सोमबार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकी मन्त्री आरती पौडलबाट सो तालिमको उद्घाटन गरेकी थिइन् ।
उद्घाटनको क्रममा बोल्दै पौडेलले धेरै वर्षैपछिको सपना अब पुरा हुने विश्वास व्यक्त गरिन् । ‘सुकुम्बासीहरुको समस्या समाधान गर्नका लागि निकै लामो संघर्ष गर्नुप¥यो तर अहिले सफल भएका छौं, सबै घरधुरीबाट तथ्थांक संकलन भैसकेको छ र सोही तथ्थांक अनुसार अमिनहरुद्वारा जग्गाहरु छुट्याई लालपूर्जा दिनेछ’ उनले भनीन् ।
यस्तै कोहलपुर नगरपालिकाका भूमि सम्बन्धी समस्या समाधान आयोग लगत संकलन इकाईका प्रमुख विर बहादुर विकले पहिलो चरणको १५ वटै वडाका १६ हजार ५५ जनाको लागत संकलन गरिएको बताए । उनका अनुसार अव्यवस्थित बसोबास गरेका १५ हजार १ सय ५४ र भूमिहिन दलित सुकुम्बासी १ हजार ४ सय ४ जनाले फारम संकलन भएको बताए ।
यस्तै नापी कार्यालय नेपालगञ्ज प्रमुख नापी अधिकृत पूर्ण प्रसाद पाण्डेले जग्गा कसरी नाप्ने, डाटा लिने र नक्सा कसरी हेर्ने जस्ता विषयमा तालिम दिने बताए । उनका अनुसार पाँच दिनसम्मका लागि फिल्डबुक कसरी तयार गर्ने र कम्प्यूटरमा कसरी राख्ने लगायत अन्य विषयहरुमा तालिम दिइने बताए ।
यस्तै कोहलपुरका अमिनहरुलाई पहिलो चरणमा संकलन भएको तथ्थांकको अनुरुप आफ्ना कामहरु प्रभावकारी रुपमा अगाडि बढाउनका लागि सोही तालिम दिन लागको भूमि सम्बन्धी समस्या समाधान आयोगका बाँके जिल्ला सदस्य गोपाल गिरीले बताए । यस्तै कोहलपुर नगरपालिका उपप्रमुख सञ्जु कुमारी चौधरीको समेत उपस्थित रहेको थियो ।