बाँके प्रहरीकाे एक्सन: पाटेबाघकाे छालासहित ४ पक्राउ



काेहलपुर ।

एक थान पाटेबाघकाे छालासहित बाँके प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ ।

बिशेष प्रहरी टाेलिले आईतबार साझ एक थान पाटेबाघकाे छालासहित चार जनालाई पक्राउ गरेकाे हाे ।

बाँकेे प्रहरीका डिएसपी सुवास खड्काले पाटेबाघकाे छालासहित चार जनालाई पक्राउ गरिएको पुष्टि गरे ।

बाँकेकाे बैजनाथ गाउँपालिका, १ चिसापानीबाट उनिहरु पक्राउ परेका हुन् । उनिहरुकाे साथबाट प्रहरीले केही वन्यजन्तुका हड्डी समेत बरामद गरेकाे छ ।

यसबारे थप अनुसन्धान भईरहेकाे डिएसपी खड्काले जानकारी दिए।

  • No tags available
प्रकाशित मिति : २०७७ चैत ९ गते सोमबार