मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, चैत्र ८, २०७७
एमाले ओली समूह निकट अखिल नेपाल राष्टि«य स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) बाँकेको संयोजकमा दिनेश केसी चयन भएका छन् ।
यसअघिका संयोजक टेकेन्द्र मल्ललाई हटाउँदै ओली समूह निकट अनेरास्ववियू बाँकेले केसीलाई शनिबार संयोजकमा चयन गरेको हो । अनेरास्ववियूको बाँके सह–संयोजकमा विकल भट्टराई रहेका छन् ।
नयाँ पदाधिकारी तथा सदस्यहरुले शनिबार नै सपथ ग्रहण गरिसकेका छन् । शनिबार नै भएको उक्त समूहको बैठकले विभिन्न कलेजहरुमा संयोजक र सह–संयोजक तोकेको छ ।
यसअघिका संयोजक मल्ल माधव– खनाल समूहको अनेरास्ववियूमा लागेका छन् ।