19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, चैत्र ७, २०७७  

मधुर पौडेल । बर्दिया ।

बर्दियाको बाँसगढीमा रहेको जनता माध्यामिक विद्यालय बठुवाका नव आगन्तुक विद्यार्थीहरु स्वागत गरिएको छ । विद्यालयका प्राविधिक धार तर्फका प्लानेट र एनिमल साइन्स प्रथम वर्षका विद्यार्थीहरुलाई स्वागत गरिएको थियो ।

शुक्रवार एक कार्यक्रमको आयोजना गरेर दुवै धारका दोस्रो र तेस्रो वर्षका विद्यार्थीहरुले स्वागत गरेका थिए ।

सो अवसरमा बाँसगढी नगरपालिका प्रमुख शालिकराम अधिकारी, वडा नम्बर ४ का अध्यक्ष रजमान चौधरी, विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र पौडेल, शिक्षक विद्यार्थी लगायतको उपस्थिती रहेको थियो ।

उक्त अवसरमा बोल्ने वक्ताहरुले विद्यार्थीहरुलाई देशकै सक्षम नागरिक बन्ने लक्ष्यका साथ अगाडि बढ्न आग्रह गरेका थिए ।

बाँसगढी नगर प्रमुख शालिकराम अधिकारीले विद्यालयमा नयाँ आउने विद्यार्थीहरुलाई पूराना विद्यार्थीहरुले सहयोग गर्नुपर्ने बताए । नयाँ विद्यार्थीहरुलाई उनले विद्यालयले आयोजना गर्ने विभिन्न कार्यक्रमहरुमा सहभागिता जनाउन समेत आग्रह गरे ।

उक्त अवसरमा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम समेत देखाएका थिए । नव आगन्तुक विद्यार्थीलाई टीका, फुल, खाँदा ओढाएर स्वागत गरिएको थियो ।

प्रकाशित मितिः शनिबार, चैत्र ७, २०७७     5:08:47 PM  |