19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

अनलाईन पत्रकार संघ बाँकेको संयोजकमा न्यौपाने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, चैत्र २, २०७७  

बाँकेमा सन्चालित अनलाइन मिडियालाई व्यवस्थित गर्दै अनलाइन मिडियाको समग्र विकासका लागि सोमबार नेपालगन्जमा अनलाइन पत्रकार संघ गठन गरिएको छ ।

नेपालगन्जमा भएको अनलाइन मिडियाका प्रकाशक, सम्पादक

र प्रतिनिधी लगायतको बुहत भेलाले सेतोखरी मिडिया प्रालीका प्रकाशक तथा प्रधानसम्पादक कमल न्यौपानेको संयोजकत्वमा नौ सदस्यीय तदर्थ समि

ति समेत गठन गरेको छ ।

भेलाले जावेद अन्सारीलाई सह-संयोजक, रामु ओलीलाई सचिव संगीता पाठक (सन्ध्या) लाई सहसचिव र ‘असलाम खाँलाई कोषाध्यक्षमा चयन गरेको छ ।

कार्य समिति सदस्यमा सुनिता पन्त, युथ टुडे न्युज डट कम कि संवाददाता प्रेरणा गिरी, भीष्म लोध, दिक्षा विसीलाई चयन गरेको छ ।

गठित तदर्थ समितिको पहिलो बेठक पनि सोमबार नै बसेको छ ।

उक्त बैठकले हरेक महिनाको १५ ते मासिक नियमित बैठक बस्ने, संघ आधिकारीक दर्ताका लागि आबश्यक प्रक्रिया अघि बढाउने, नविकरण र दर्ता नभएका अनलाइन दर्ताको प्रक्रिया अघि बढाउन प्रयास गर्ने निर्णय गरेको छ ।

बैठकले संघको सललाहकार समितिमा रूद्र सुवेदी, प्रेम केसी, शंकर खनाल, विश्वरराज, डक्ट धिताललाई मनोनित गर्नका लागि बहस अघि बढाउने निर्णय गरेको छ ।

आगामी बैठकले सल्लाहकार समितिका पदाधिकारीको मनोनय गर्ने छ ।

प्रकाशित मितिः सोमवार, चैत्र २, २०७७     3:14:20 PM  |