नेपालमा होटल र रेष्टुरेन्टहरुलाई अझै व्यवस्थित रुपमा सञ्चालन हुन सकिरहेका छैनन् । नेपालमा निरन्तर रुपमा अनुगमन तथा चेकजाँच नहुँदा निकै समस्या छ । बाँकेको कोहलपुरमा फागुन २५ गतेका दिनबाट होटल र रेष्टुरेन्टहरु स्तरीकरण हुन थालेको छ । होटल र रेष्टुरेन्टहरुमा पानी आपूर्तिका पाइप तथा अन्य प्रयोगका पाइपको अवस्था, खाना बनाउने, खाना खुवाउने तथा भण्डारण कोठामा प्राकृतिक वा कृत्रिम प्रकाशको स्थिति, प्राकृतिक र यान्त्रिक भेन्टिलेसन, भाँडाकुँडाको व्यवस्थापनको अवस्थाको अनुगमन हुनुपर्दछ । सरसफाई प्रयोजनका लागि पर्याप्त पानीको आपूर्ति, पिउने प्रयोजनका लागि पं्रशोधित तथा पिउनयोग्य पानीको व्यवस्था लगायतको मूल्यांकन गरिनुपर्दछ ।
कोहलपुरमा दुई वर्ष पहिले ४२ वटा होटल र रेष्टुरेन्टहरु स्तरीकरण गरेको थियो । प्रत्येक वर्ष होटल र रेष्टुरेन्टहरु स्तरीकरण गरिनु आवश्यक थियो तर निरन्तर हुन सकेन । दुई वर्ष पहिले होटल र रेष्टुरेन्टहरु पहिले हामी चेकिङमा आउँदैछौं सबै व्यवस्थित गर्नुहोला भन्दै चेकजाँच गरिएको थियो । अहिले गत फागुन २५ गतेबाट अहिले सम्म १७ वटा होटल र रेष्टुरेन्टहरु भैरहेको अनुगमन तथा चेकजाँच गरिएको छ ।
ग्राहकले मोटो रकम तिरेर होटल र रेष्टुरेन्टहरुमा खाना खाने बास बस्ने गरेका हुन्छन् । व्यवसायीहरुले ग्राहकले कतिको गुणस्तरीय खाना र पिउने पानी खुवाउँछौं भनेर थाहा दिन जरुरी छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले प्रत्येक वर्षमा निरन्तर रुपमा अनुगमन तथा चेकजाँच हुन अति आवश्यक छ । अहिले भान्सा केन्द्रित अनुगमन तथा चेकजाँच गरेका छन् । व्यवसायीका मालिकभन्दा भान्सामा काम गर्ने कर्मचारीहरुलाई कुक सम्बन्धी प्रत्येक वर्ष तालिमको व्यवस्था गरिनुपर्दछ । विगतदेखि नै परम्परागत रुपले सञ्चालन भएका तर के गर्दा व्यवस्थित र के गर्दा अव्यवस्थित हुन्छ भन्ने कुरा बुझाउन जरुरी छ ।