डिल्ली शाही ।
बाँकेको कोहलपुर नगरपालिकामा सञ्चालित होटल तथा रेष्टरेन्टहरुको स्तरीकरण गरिएको छ । कोहलपुरमा सञ्चालित होटल तथा रेष्टुरेन्टहरुको स्तरीकरण गर्नको लािग मंगलबार एक समिति गठन गरिएको थियो । बुधबार जिल्ला स्थित सरकारी कार्यालय,समिति तथा अन्य सरोकारवालाहरुको उपस्थितिमा यहाँका होटलहरुको स्तरीकरण गरिएको हो ।
अनुगमन मार्फत ती होटलहरुलाई विभिन्न चार समूहमा वर्गीकरण गरिएको छ । कोहलपुरमा सञ्चालित मध्ये दुई वटा पाँच तारे होटललाई ‘क’ वर्गमा वर्गीकरण गरिएको हो । कोहलपुर ११ स्थित म्याक्स होटल र वडा नम्बर ३ मा रहेको होटल सेन्ट्रल प्जालालाई उत्कृष्ट होटलको रुपमा स्तरीकरण गरिएको हो ।
होटलहरुको स्तरीकरणको लागि होटल तथा रेष्टुरेन्टहरुको निर्देशिकामा उल्लेख गरिएका मापदण्ड पुरा गर्नुपर्ने हुन्छ । बुधबार अनुगमन गरिएका ८ वटा होटल तथा रेष्टुरेन्ट मध्ये खाद्य स्वच्छताका आधारमा केही समय अघि मात्रै सञ्चालनमा आएको होटल म्याक्स सबैभन्दा उत्कृष्ट ठहरिएको छ । होटल तथा रेष्टुरेन्टहरुको निर्देशिकामा उल्लेख गरिएका ५० वटा प्रश्नको आधारमा अनुगमन गरेर गर्दा चेकजाँच
गर्दा होटल म्याक्सले ९२ नम्बर प्राप्त गरेको हो । सेन्ट्रल प्लाजाको ९० अंक प्राप्त ग¥यो । तती होटलमा खाद्य स्वच्छताको आधार सबैभन्दा राम्रो छ ।
दुवै होटलहरुमा पानी आपूर्तिका पाइप तथा अन्य प्रयोगका पाइपको अवस्था, खाना बनाउने, खाना खुवाउने तथा भण्डारण कोठामा प्राकृतिक वा कृत्रिम प्रकाशको स्थिति,प्राकृतिक र यान्त्रिक भेन्टिलेसन, भाँडाकुँडाको व्यवस्थापनको अवस्थाको अनुगमन भएको थियो भने सरसफाइ प्रयोजनका लागि पर्याप्त पानीको आपूर्ति, पिउने प्रयोजनका लागि पं्रशोधित तथा पिउनयोग्य पानीको व्यवस्था लगायतको मूल्यांकन गरिएको हो । दुवै होटलमा ती कुरा पुरा गरेका छन् ।
यता कोहलपुर नगरपालिका ११ मा रहेको होटल अतिथि र गुराँस रेष्टुरेन्ट एण्ड क्याफेमा पँहेलो पृष्ठभूमि भएको स्किटर टाँसिएको छ । सो मापदण्डमा होटल अतिथिले जम्मा ५८ अंक प्राप्त गरेको छ भने गुराँस रेष्टुरेन्ट एण्ड क्याफेले जम्मा ५१ नम्बर प्राप्त गरेको छ । जुन १०० पुर्णाङकमा तोकिएका मापदण्डमा कमजोर देखिएका हुन् । दुवै होटललाई ‘घ’ वर्गमा छुट्याएको छ । त्यो भनेको ती होटलले खाद्य स्वच्छता अझै कायम गर्नुपर्ने हुन्छ । अहिले ती होटलहरुले खाद्य स्वच्छता कायम गर्न सकेका छैनन् । ती दुवै होटललाई आगामी दिनमा खाद्य स्वच्छता कायम गर्न निर्देशन दिइएको छ ।
बुधबार गरिएको अनुगमनबाट म्याक्स होटल, होटल सेन्ट्र«ल प्लाजालाई ‘क’ वर्ग, होटल कृष्ण, ए टु जेट स्वीट कर्नरलाई ‘ख’ वर्ग र नाङलो रेष्टुरेन्ट, होटल पप लाइफलाई ‘ग’ वर्गमामा स्तरीकरण गरिएको हो । ‘ख’ र ‘ग’ वर्गमा स्तरीकरण भएका होटलहरुको खाद्य स्वच्छता सन्तोषजक छ । सन्तोषजनक भने होइन ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य निरीक्षक प्रेम अर्यालका अनुसार ९० अंक भन्दामाथि प्राप्त गर्ने होटेलको अवस्था राम्रो छ भन्ने हो । जहाँ ३ वटा तारा भएको स्टिकर टाँसिएको छ । उनले ८० अंक भन्दामाथि प्राप्त गर्ने होटल तथा रेष्टुरेन्टले ‘ख’ वर्ग २ वटा तारा भएको स्टिकर तथा ५० अंक भन्दामाथि अंक प्राप्त गर्ने होटल तथा रेष्टुरेन्टले ‘ग’ १ वटा तारा भएको स्टिकर पाउने बताए ।
सो अनुगमनमा होटल व्यवसाय संघका उपाध्यक्ष कृष्ण बहादुर रानाभाट, कोहलपुर नगरपालिकाकी उप–प्रमुख सञ्जु कुमारी चौधरी, नवनिर्वाचित कोहलपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष सिता कार्की, इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय र पत्रकारको संयुक्त समितिले कोहलपुरका होटलमा अनुगमन तथा स्तरीकरण गरेको थियो ।