बाँसगढी ।
बर्दियको बाँसगढी नगरपालिकामा नगर स्तरीय बाल सञ्जाल गठन गरिएको छ । नगरपालिकामा गठन गरिएको बाल सञ्जालका पदाधिकारीहरु पढाइको शिलशिलामा बाहिर गएकाले पुनः नगर स्तरीय बाल सञ्जाल गठन गरिएको महिला तथा बालबालिका शाखा प्रमुख यशोदा थापाले जानकारी दिइन् ।
बाँसगढी नगरपालिका वडा नम्बर ८ की पुजा वलीको अध्यक्षतामा १५ सदस्यीय बाल सञ्जाल गठन गरिएको हो । जसको उपाध्यक्षमा ५ नम्वर वडाका बिनिता ढुंगाना, सचिवमा वडा नम्बर ८ का सपना विक, सह–सचिवमा ७ नम्बर वडाका गिता थापा, कोषाध्यक्षमा ५ नम्बर वडाका पवित कुँवर रहेका छन् ।
त्यस्तै सदस्यहरुमा २ नम्बर वडाबाट श्रद्धा शर्मा, ३ बाट अनिकेश थारु, ४ बाट मनोज वली, ६ बाट राशिका गुरुङ, ९ बाट मुकेश रोकाय, ६ बाट ओम प्रकाश लामिछाने, ७ बाट अञ्जली खड्का, ९ बाट दिलिप थापा, ३ नम्बर वडाबाट जुना थारु र एक जना वडा नम्बर १ बाट राखिने जनाइएको छ ।
बाँसगढी नगरपालिका प्रशासन शाखा प्रमुख बिमल पौडेलको अध्यक्षतामा भएको बाल सञ्जालन गठन कार्यक्रममा निवर्तमान बाल सञ्जालका अध्यक्ष बिमल सुवेदी, सचिव सृजना सुवेदी लगायत विभिन्न बाल क्लवका बालबालिकाहरुको सहभागिता रहेको थियो ।