16 September 2024  |   मङ्लबार, अशोज १, २०८१

क्रिसा रनिङ्ग शिल्डको प्रथम ग्रिन पिस, दोस्रो जनज्योति पब्लिक, तेस्रो गोर्खा यूनाईटेड

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, फाल्गुन २७, २०७७  

काेहलपुर । 

१२ औं क्रिसा रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको प्रथम उपाधि ग्रिन पिस स्कुलले प्राप्त गरेको छ । ग्रिन पिस स्कुलले ३ स्वर्ण, १ रजत प्राप्त गरी प्रथम उपाधि प्राप्त गरेको हो ।

जसमा ग्रिन पिसले माध्यमिक तहमा छात्रातर्फ १०० मिटर दौड, छात्रातर्फ लङ्गजम्प र छात्रातर्फ सटपुटमा प्रथम स्थान ल्याएको थियो भने छात्रातर्फ ४ गुना १०० मिटर दौडमा दोस्रो स्थान र प्राथमिक तहमा भने छात्रातर्फ ४ गुना १०० मिटर दौडमा तेस्रो स्थान ल्याएको थियो । प्रथम उपाधि नगद ३० हजार सहित मेडल समेत प्राप्त गरेको छ ।

यस्तै जनज्योति पब्लिक हाइस्कुल २ स्वर्ण, २ रजत र २ कास्य प्राप्त गरी दोस्रो स्थान हुन सफल भएको छ । माध्यमिक तहमा छात्रातर्फ ४ गुना १०० मिटर दौडमा प्रथम, छात्रतर्फ ४ गुना १०० मिटर दौड दोस्रो, छात्रतर्फको १५०० मिटर दौडमा तेस्रो, छात्रातर्फको १५०० मिटर दौडमा दोस्रो, सटपुटमा छात्रतर्फ प्रथम र छात्रातर्फ दोस्रो स्थान ल्याएका थिए ।

यस्तै प्राथमिक तहमा छात्रातर्फको १०० मिटर दौडमा तेस्रो, छात्रतर्फको ४ गुना १०० मिटर दौडमा प्रथम र छात्रातर्फको ४ गुना १०० मिटर दौडमा दोस्रो स्थान ल्याउन सफल भएको थियो । सो विद्यालयले नगद २० हजार सहित मेडल समेत प्राप्त गरेको थियो ।

यस्तै गोर्खा यूनाईटेड स्कुलले २ स्वर्ण, १ रजत र १ कास्य तेस्रो स्थान ल्याएको छ । माध्यमिक तहको छात्रतर्फको १०० मिटर दौडमा दोस्रो, छात्रतर्फको ४ गुना १०० मिटर दौडमा प्रथम, छात्रतर्फको सटपुटमा तेस्रो, छात्रतर्फको लङ्गजम्पमा प्रथम र प्राथमिक तहको छात्रातर्फको १०० मिटर दौडमा समेत प्रथम हुन सफल भएको छ । सो विद्यालयले १० हजार नगद सहित मेडल समेत प्राप्त गरेको थियो ।

प्रकाशित मितिः बिहिबार, फाल्गुन २७, २०७७     8:33:46 AM  |