12 September 2024  |   शुक्रबार, भदौ २८, २०८१

क्रिसा रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता आज समापन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, फाल्गुन २६, २०७७  

कोहलपुर ।

कोहलपुर नगरपालिका भित्रका संस्थागत विद्यालयका संगठनको १२ औं क्रिसा रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता आज समापन हुनेछ । सोमबारबाट सुरु भएको सो प्रतियोगिता आज समापन गर्ने भएको हो ।

क्रिसा बाँकेका अध्यक्ष शिव डाँगीले प्रतियोगिताको आज समापन गर्ने बताए । आज बिहानै देखिबाट विभिन्न कार्यक्रमहरु सुरु हुनेछ भने औपचारीक कार्यक्रम भने ११ बजेबाट सुरु हुनेछ । प्रतियोगिताको प्रथम विजेतालाई ३० हजार नगद सहित शिल्ड, द्धितीयलाई २० हजार नगद सहित शिल्ड र तृतीयलाई १० हजार नगद सहित शिल्ड प्रदान गरिने बताए ।

मंगलबार भएको माध्यमिक तहको छात्रातर्फ १०० मिटर दौडमा गोर्ख यूनाइटेड पब्लिक स्कुलबाट अस्मिता ढकाल प्रथम, सैनिक स्टारबाट यमुना सुनार द्धितीय र प्रयत्न ई.मी स्कुलाट सम्झना बुढा तृतीय भएका छन् ।

यस्तै प्राथमिक तहको छात्रातर्फ १०० मिटर दौडमा गोर्ख यूनाइटेड पब्लिक स्कुलबाट अञ्जली शाही प्रथम, प्रयत्न ई.मी स्कुलबाट प्रिति चौधरी द्धितीय र जनज्योति पब्लिक स्कुलबाट प्रकृति बस्नेत तृतीय भएका छन् । यस्तै प्राथमिक तहको छात्रतर्फ १०० मिटर दौडमा निम्बल स्कुलका कमल बुढा प्रथम, ग्रिन पिस स्कुलका विशाल थापा द्धितीय र शम्सेरगंज ई.मी. स्कुलका निखिल चौधरी तृतीय भएका छन् ।

यस्तै माध्यमिक तहको छात्रातर्फ ४ गुना १०० मिटर दौडमा जिवनज्योति पब्लिक स्कुल प्रथम, प्रयत्न ई.मी. स्कुल द्धितीय र गोर्खा पब्लिक स्कुल तृतीय भएका छन् भने छात्रतर्फ गोर्खा पब्लिक स्कुल प्रथम, तक्ष्यशिला एकेडेमी द्धितीय र जिवनज्योति पब्लिक स्कुल तृतीय भएका छन् । यस्तै माध्यमिक तहको छात्रातर्फ ४ गुना १०० मिटर दौडमा लक्ष्यशिला एकेडेमी प्रथम, गोर्खा पब्लिक स्कुल द्धितीय र दिपज्योति स्कुल तृतीय भएका छन् ।

यस्तै माध्यमिक तहको छात्रतर्फ लङजम्प प्रतियोगितामा गोर्खा यूनाइटेड पब्लिक स्कुलबाट आशिस चन्द प्रथम, नमूना विद्या सदनबाट समिरा वली द्धितीय र ब्राइटलाइट स्कुलबाट विवश जैसी तृतीय भएका छन् भने, छात्रातर्फ ग्रिन पिस स्कुलबाट तुल्सा डाँगी प्रथम, दिपज्योति विद्या निकेतनबाट नितु राना मगर द्धितीय र शम्सेरगंज ई.मी. स्कुलबाट विपना थारु तृतीय भएका छन् । आज फाइनल भलिबलका खेलहरु समेत हुनेछन् ।

प्रकाशित मितिः बुधबार, फाल्गुन २६, २०७७     10:30:27 AM  |