7 September 2024  |   शनिबार, भदौ २२, २०८१

मदिरा सेवन र तनावले निम्त्याएको सामुहिक आत्महत्या

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, फाल्गुन २६, २०७७  

दुई दिदीबहिनी हाँत बाँधिएको र आमा र छोरा कर्णाली नदिमा मृत भेटिए,कान्छी छोरी अझै बेपत्ता, बुवा प्रहरी नियन्त्रणमा

शुभाकर विश्वकर्मा, कोहलपुर

६ जना परिवार सदस्य थिए । आमा, बुबा, तीन छोरी र एक छोरा । आमा सुकु बडुवाल ‐३५) गृहिणी थिइन् । बुबा मानसिंह बडुवाल बाख्रा र भैसी पालन गर्थे । जेठी छोरी कल्पना बडुवाल ‐१४),माहिली सरिता बडुवाल ‐११),साइलो छोरा ललित बडुवाल ‐८) र कान्छी छोरी रजनी बडुवाल ‐५) सहित सुन्दर परिवार थियो ।

मान बहादुर धन कमाउन कालापहाह ‐भारत) जान्थे । पछिल्लोपटक कालापहाडबाट तीन महिला अघि मात्रै फर्किका थिए, बडुवाल । दैलेख प्रहरीका अनुसार घरको आर्थिक अवस्था कमजोर थियो । उनी दैनिक जसो मदिरा सेवन गरिरहन्थे । कारण थियो,गरिबी र परिवारको अत्यधिक बोझ । श्रीमानले मदिरा सेवा गर्ने गरेका कारण श्रीमतीसँग सामान्य घर झगडा भइरहन्थ्यो । तीन छोरी र एक छोराले आमा बाबा बीचको बेमेल सहेर बसिरहेकै थिए ।

तर फागुन २३ गते आइतबार साँझ पनि मानसिंह सदा झैँ मदिराको नसाले मात्तिदै घर आए । अन्य दिन भन्दाबढी मदिराको नसा लागेका उनको परिवारमा सायद ठुलै लफडा भयो । लामो समयको बेमेल, हिंसा र अत्याचार सहन नसकेर सुकु बडुवाल ‐३५) तीन छोरी र एक जना सहित घरबाट निस्किइन् । सोमबार दिउँसो कर्णाली नदीमा दुई बालिकाको शव डोरीले बाँधेको अवस्थामा भेटियो । उक्त घटना एक कान दोकान, मैदान भयो ।

संयोग, सुकुले हिंसा सहन नसकेर घर छोड्ने अठोट गरेको दिन, १११ औँ अन्र्तराष्ट्रिय महिला दिवस परेको थियो । संसारमा पहिलोपटक महिला मुक्ति र अधिकार पाएको दिनको सम्झनामा उत्सव भइरहदाँ एक महिला, तीन बालिका र एक बालक घरेलु हिंसाको सिकार भए । अविरल बगिरहेको कर्णालीमा उनीहरुको अन्तिम श्वास बग्यो । यो घटनाले फेरी एकपटक महिला माथि हुने क्रुर हिंसाको घटना पर्दाफास गरिदिएको छ ।
‘श्रीमान दैनिक मदिरा सेवन गर्थे । घरमा झगडा भइरहन्थ्यो । त्यो दिन अति भएर घरै छोडेर निस्केको हुनुपर्छ । घटनाको प्रकृति हेर्दापनि मदिराका कारण यस्तो विनास भएको देखिन्छ ।’ आठबिस नगरपालिकाका नगरप्रमुख खड्कराज उपाध्याय भन्छन् । उनका अनुसार कहिले गाउँ मै बाख्रा र भैसी पाल्ने त कहिले कालापहाड जाने बडुवाल अध्यधिक मदिरा सेवन गर्थे । श्रीमान–श्रीमती बीचको झगडाको सिकार छोराछोरी भएको उनी बताउँछन् । ‘विचरा ती अबोध बालिकाहरुको के दोष थियो र । दिदिबहिनी बाँधेको अवस्थामा भेटिएका थिए । अलि ठुलै भएकोले नदिमा हाम फाल्न नमानेपछि बाँधिएको हुनुपर्छ ।’ मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनले भने ।

जिल्ला दैलेख आठविस नगरपालिका वडा नम्बर ०३ निमाईल बस्ने मान बडुवाल की छोरी वर्ष १२ की सरिता बडुवाल र वर्ष १४ की कल्पना वडुवाल सोमबार दिउँसो मृत अवस्थामा फेला परेका थिए । यस्तै मगंलबार दिउँसो १२ बजे सुकी बडुवाल ‐आमा) र १० वर्षीय ललित बडुवाल ‐छोरा) पनि मृत भेटिए । अझै ५ वर्षीया रजनी बडुवाल बेपत्ता छिन् । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डियसपी अनुपम श्रेष्ठ पनि घटनाको कारण मदिरा सेवा र श्रीमान र श्रीमती बीचको झगडा नै रहेको बताउँछन् । उनका अनुसार यत्रो ठूलो घटना घट्नुका कारण श्रीमानले दैनिक मदिरा सेवन गर्ने र श्रीमती र छोराछोरीलाई दुव्र्यवहार गर्ने देखिन्छ । यो घटनाले निकै ठूलो नास भएको पनि उनको भनाइ थियो । थप एक जनाको खोजी कार्य जारी रहेको उनले जानकारी दिए । मान बहादुर बडुवाल माथि थप अनुसन्धान थालिएको उनको भनाइ छ ।

यता वडा नम्बर ३ का वडा अध्यक्ष प्रयाग शाहीले पनि मदिरा सेवन कै कारण घटना घटेको बताए । मदिरा सेवन गरेर घर आएका श्रीमान र श्रीमती बीच झगडा भएपछि सबैले नदिमा हाम फालेको आशंका छ ।

यसरी बाहिरियोे घटना

अछाम पञ्चदेवल विनायक ननगरपालिका – ४ बेलखेत स्थित कर्णाली नदिमा माछा मार्ने पासोमा २ जना अपरिचित बालिकाका शव फेला परे । नदिमा माछा मार्न गएका सोही ठाउँका रन्जित विकले दिउँसो २ः५० बजेतिर नदिमा बालिकाहरुको शव भेटिएको जानकारी जिल्ला प्रहरी कार्यालय अछामलाई गराए ।

लगत्तै प्रहरी निरीक्षकको कमाण्डमा घटना स्थलमा प्रहरी पुग्यो । उक्त टोलीले दैलेख जिल्लाका विभिन्न वडासम्म खोजतलास र हुलिया पठायो । अछाम प्रहरीले दैलेख प्रहरीलाई प्राप्त हुलिया अनुसार उनीहरु जिल्ला दैलेख आठविस नगरपालिका वडा नम्बर ३ निमाईल गाउँका किशोरी रहेको पत्ता लाग्यो । जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुपम श्रेष्ठ सोही गाउँका मान बडुवाल की छोरी वर्ष १२ की सरिता बडुवाल र वर्ष १४ की कल्पना बडुवाल हुन भनी पहिचान भएको जानकारी दिए ।

उनले त्यसपछि बडुवाल कै श्रीमती र छोराछोरी सहित ३ जना हराएको र पत्ता नलागेको कुरा थाहा भएको पनि बताए । ती ३ जनाको थप अनुसन्धान तथा खोजतलास कार्यको लागि प्रदेश प्रहरी कार्यालयबाट प्रहरी नायव महानिरीक्षक,जिल्ला प्रहरी कार्यालय दैलेखका कार्यालय प्रमुख लगायतको संयुक्त प्रहरी टोली घटना स्थल तर्फ खटिएका थिए । ‘त्यसपछि ठूलै घटना घटेको प्रहरीले अनुमान ग¥यो । लगत्तै थप तीन जनाको खोजी कार्य जारी राख्यो ।’ उनले भने ।

लगातारको प्रसासपछि मंगलबार दिउँसो १२ बजे १ मानसिंह बडुवालकी श्रीमती वर्ष ३५ कि सुकी बडुवाल र उनका छोरा १० वर्षीय ललित बडुवाल पनि मृत अवस्थामा फेला गरेको उनको भनाइ छ । बडुवाल दिदीबहिनी र भाइ नेरा माध्यमिक विद्यालयमा अध्ययनरत थिए । थप एक जनाको खोजी कार्य जारी रहेको अन्य जार जनाको पोष्टमार्टमका लागि अछाम जिल्ला अस्पताल लगिएको उनको अवगत गराए । मानसिंह बडुवाललाई प्रहरीले सोमबार नै पक्राउ गरिसकेको थियो ।

प्रकाशित मितिः बुधबार, फाल्गुन २६, २०७७     10:16:39 AM  |