कोहलपुर ।
कोहलपुर नगरपालिकामा रहेको नगर आदिवासी जनजाति महासंघको प्रथम अधिवेशन तथा भेलाबाट नयाँ कार्यसमिति चयन गरिएको छ । सोमबार भएको प्रथम नगर अधिबेशनले कृष्ण बहादुर पुन मगरको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । जसमा उपाध्यक्षहरुमा प्रेमलाल श्रेष्ठ, बसन्त कुमार चौधरी, यमुना गुरुङ्ग, सचिवमा पारस मणि थापा(पुलामी मगर)लाई चयन गरिएकाे छ ।
यस्तै सह–सचिवमा कुरकुटवा थारु, मिना थारु र मान बहादुर थारु तथा , कोषाध्यक्षमा मिना पुन मगरलाई चयन गरिएको हो । यस्तै सदस्यहरुमा दिल सरा विरकट्टा घर्ति मगर, जगन्नाथ थारु, टेक बहादुर विरकट्टा, मान बहादुर लामिछाने, सरोज थापा मगर, रत्ना बुढा मगर, तेज बहादुर पुन मगर, बर बहादुर पुन मगर, दुर्गा बहादुर पुन मगर रहेका छन् ।
यस्तै सल्लाहाकारमा भुपेन्द्र पुन मगर, सन्ताराम थारु, खड्क बहादुर थापा मगर, नैन सिंह गाहा मगर, गगन बहादुर थापा मगर रहेका छन् ।
यस्तै नगर आदिवासी जनजाति महासंघका सदस्य मान बहादुर लामिछानेका अनुसार अहिले १८ जनाको नयाँ कार्यासमिति चयन गरिएको छ भने अन्य ३ जना सदस्य पछि मनोनित गरिनेछ ।
कार्यक्रमको प्रमुख अतिथिका रुपमा नेपाल मगर संघ लुम्बिनी प्रदेश सदस्य भुपेन्द्र पुन मगर रहेका थिए । नगर आदिवासी जनजाति महासंघ तत्कालीन अध्यक्ष डम्बर बहादुर थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।