12 September 2024  |   शुक्रबार, भदौ २८, २०८१

सार्वजनिक सुनुवाई सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, फाल्गुन २३, २०७७  

बाँसगढी ।

युवा सञ्जाल बाँसगढीद्धारा सञ्चालित मास्क/फुड बैंकको आम्दानी तथा खर्च सार्वजनिक गरिएको छ । यस अघि सञ्जालले ‘हुनेले दिएर जाऔँ नहुनेले आएर लैजाऔँ’ भन्ने नारा सहित मास्क/फुड बैंक सञ्चालन गरेको थियो । शनिबार बाँसगढी सामुदायिक पुस्ताकालय सभाहलमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष माया सापकोटाले आर्थिक प्रतिवेदन पेस गरेकी थिइन् ।

उनका अनुसार अभियानको क्रममा कुल ४ लाख ३३ हजार ९ सय ९३ रुपैयाँ जम्मा भएको थियो । त्यो मध्ये कुल ४ लाख ४ हजार ८ सय ७८ रुपैयाँ उठेको छ । उठ्न बाँकी रकम २९ हजार १ सय १५ रहेको छ ।

नले कुल ३ लाख १८ हजार ३ सय ३९ रुपैयाँ खर्च भएको उनले बताइन् । यस्तै ८६ हजार ५ सय ३९ रुपैयाँ बैंक मौज्जात रहेको कोषाध्यक्ष सापकोटाले जानकारी दिइन् ।

युवा सञ्जाल बाँसगढीका अध्यक्ष एकनारायण अधिकारीले मास्क/फुड बैंकबाट हजारौँ जना लाभान्वित भएको जानकारी दिए । उनका अनुसार फुड बैंक मार्फत कुल ८ सय ३० जनाले सेवा पाएका थिए । भने १३ हजार ८ सय ५० जनालाई मास्क वितरण गरिएको थियो । उनले लकडाउनको समयमा शुरु गरिएको उक्त कार्यक्रम निकै प्रभावकारी देखिएको छ ।

कार्यक्रम बाँसगढी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नरेन्द्र गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । युवा सञ्जाल बाँसगढीले सञ्चालन गरेको कार्यक्रमबाट धेरै राहत पाएको उनको भनाइ थियो ।

यस्तै उक्त कार्यक्रम सफल बनाउनको लागि बडघरहरुले समेत उल्लेख्य रुपमा सहयोग गरेका थिए । उक्त कार्यक्रममा बाँगढी स्थित राजनीतिक दल, युवा तथा सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः आइतवार, फाल्गुन २३, २०७७     1:53:30 PM  |