18 September 2024  |   बुधबार, अशोज २, २०८१

‘अधुरा काम पूरा गर्न मेरो उम्मेदवारी’: तेजप्रसाद अधिकारी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, फाल्गुन २१, २०७७  

बाँकेको कोहलपुर उद्योग बाणिज्य संघको नयाँ नेतृत्वको लागि भोली शनिवार निर्वाचन हुँदैछ । संघको नयाँ नेतृत्वको लागि व्यवसायीका दुई प्यानलहरु चुनावी मैदानमा उत्रिएका छन् । बिष्णु प्रसाद खनाल नेतृत्वको साझा समावेशी व्यवसायी प्यानलबाट वरिष्ठ उपाध्यक्ष पदमा तेजप्रसाद अधिकारी चुनावी मैदानमा उत्रिएका छन् ।

लामो समय व्यवसायिक जिवनका साथै शिक्षण पेशामा आवद्ध रहिसकेका अधिकारी एक कार्यकाल संघको महासचिव समेत चलाइसकेका छन् । उनै वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार अधिकारीसँग मिसन अनलाइनले गरेको संक्षित कुराकानी ।

………………………………………………

१. कोहलपुर उद्योग बाणिज्य संघको वरिष्ठ उपाध्यक्ष पदमा तपाईको उम्मेदवारी किन ?

व्यवसायीहरुको हक अधिकार र व्यवसायीक संवर्द्धनका लागि उम्मेदवारी दिएको हुँ । तीन वर्ष मैले कोहलपुर उद्योग बाणिज्य संघको महासचिव भएर चलाए । केही कामहरु चाही हामीले गरेका छौं । कतीपय कामहरु अधुरा पनि छन् ।

ती अधुरा कामहरु पूरा गर्नको लागि साझा समावेशी व्यवसायी प्यानलका बिष्णुप्रसाद खनाल नेतृत्वमा गएर ती अधुरा कामहरु सकिन्छ भन्ने हेतुले मैले वरिष्ठ उपाध्यक्षको उम्मेदवारी दिएको हुँ ।

२. तपाईलाई वरिष्ठ उपाध्यक्ष पदमा व्यवसायीहरुले किन भोट हाल्ने ?

म एउटा शिक्षा क्षेत्रमा लागेको मान्छे थिए । शिक्षा क्षेत्रमा लागेर मैले २४ वर्ष अध्यापन कार्य गरे ।

२०७४ साल साउनको १ गते राजिनामा दिएर व्यवसायीहरुको हकहित र अधिकारको लागि सामाजिक क्षेत्रमा लाग्ने मन बचन र कर्मले लागेर महासचिवमा पदमा उठेर यहाँका व्यवसायीहरुले साथ दिनुभयो ।

र मलाई निर्वाचन पनि गराउनुभयो । बाँकी रहेका कामहरु पूरा पर्ने, स्थानीय, प्रदेश र केन्द्र सरकारसँग सहकार्य र समन्वय गर्ने कुराको लागि म एउटा सक्षम योग्य व्यक्ति आफुलाई सम्झेर व्यवसायीहरुको बीचमा अहिले वरिष्ठ उपाध्यक्षको पदमा जाँदैछु ।

३. निर्वाचन आउन अब २४ घण्टा पनि बाँकी छैन ? अहिलेसम्म मतदाताको घरदैलोमा जाँदा कस्तो प्रतिक्रिया पाउनुभयो ?

पक्कै पनि निर्वाचनमा गएपनि जित या हार एउटा हुन्छ । त्यो हामीले आत्मसाथ गर्नेपर्छ ।

तर म एउटा के कुरा अनुरोध गर्न चाहान्छु भने हाम्रो कोहलपुर क्षेत्रका व्यवसायीहरुले को मान्छेले काम गर्न सक्छ । को मान्छे संस्थामा प्रतिबद्ध भई लाग्छ ।

व्यवसायीहरुका समस्याहरुलाई चाही उसले कसरी समाधान गर्न सक्छ भन्ने कुरा बुझिसक्नुभएको छ । एक कार्यकाल महासचिव पदमा काम गर्दा मलाई धेरै अनुभव भइसकेको छ ।

त्यो अनुभवलाई संस्थाको विकास गर्ने उद्देश्यका साथ व्यवसायीहरुले मलाई पुन विजयी गराउनुहुन्छ भन्ने मैले पूर्ण आशा लिएको छु ।

व्यवसायीहरुले पनि मलाई तपाई काम गर्ने मान्छे हो भनेर भन्नुभएको छ ।

४. अन्त्यमा आम मतदाताहरुलाई के भन्न चाहानुहुन्छ ?

भोली बिहान ८ बजेदेखि मतदान प्रक्रिया सुरु हुन्छ । अब १२ घण्टा हामीसँग बाँकी छ । त्यो १२ घण्टामा तपाईहरुको मनलाई यताउता नगरिकन जुन मन तपाईहरुले बनाउनुभएको छ ।

त्यो मनलाई प्रयोग गरेर योग्य, सक्षम, इमान्दार र सालिक व्यक्तित्वलाई तपाईले मतदान गर्नुहोस् । अत्यधिक मतले विजयी गराउनुहोस् । त्यो व्यक्तिमा म पर्छु भन्ने लागेको छ । तपाईहरुले पक्कैपनि मुल्यांकन गर्नुहुनेछ । धन्यवाद ।

प्रकाशित मितिः शुक्रबार, फाल्गुन २१, २०७७     8:57:28 PM  |