18 September 2024  |   बुधबार, अशोज २, २०८१

कोहलपुर प्रहरीद्धारा एक लाख बढीको अवैध सामान बरामद

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, फाल्गुन २१, २०७७  

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका, १४ हवल्दारपुर क्षेत्रबाट प्रहरीले भन्सार छली गरेर ल्याउँदै गरेका विभिन्न सामानहरु बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले भन्सार चोरी पैठारी गरेर ल्याउँदै गरेको अवस्थामा विभिन्न सामानहरु बिहीबार बरामद गरेको हो ।

कपडा, खाद्यान्न, चकलेट लगायतका १ लाख १० हजार बराबरको सामग्रीहरु नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रबिन्द्र खनालले जानकारी दिए ।

‘भन्सार छली गरेर ल्याएको अवस्थामा प्रहरीले विभिन्न सामानहरु नियन्त्रणमा लिएको हो’ उनले भने, ‘प्रहरीलाई देखेपछि तस्करहरु सामान छोडेर भागे । त्यसपछि उक्त सामान प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।’

नियन्त्रणमा लिइएका सामानहरुमा कुर्ता २२१ पिस, बच्चाको पाईन्ट १५० पिस, दोपट्टा २१३ पिस, कुर्ता सुट १० पिस, चिनी ५० के.जि. चकलेट २८ पोका, मिठो सुपारी २५ पोका, ललीपप ४३ पोका र कोकोनट चकलेट १० पोका रहेका छन् ।

त्यसैगरी जिरा १० के.जी., बेसन ५० पोका, ओआरइओ बिस्कुट ४ पोका, लेज २४ पोका, स्केनर १२ पिस, सस ५ लिटर र नमकिन २४ पिस बरामद गरिएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका सामानहरुलाई नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको कोहलपुर प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः शुक्रबार, फाल्गुन २१, २०७७     9:05:36 AM  |