26 April 2024  |   शनिबार, बैशाख १५, २०८१

बाँसगढी नगरपालिकाको ६ नम्बर वडालाई बालमैत्री घोषण गर्ने तयारी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, फाल्गुन १९, २०७७  

बाँसगढी ।

नगरपालिकाको ६ नम्बर वडालाई बालमैत्री वडा घोषणा गर्ने तयारी गर्नलागेको छ । बाँसगढी नगरपालिकाको कार्यापालिकाको निर्णय अनुसार आगामी मंसिर महिनामा वडा नम्बर ६ लाई बालमैत्री घोषणा गर्ने निर्णय गरेको छ ।

सोही निर्णय अनुसार मंगलबार स्थानीय बालमैत्री शासन सम्बन्धी अभिमूखिकरण कार्यक्रम गर्दै ६ नम्बर वडाबाट बालमैत्री वडा बनाउनका लागि अभियान थालनी भएकाे छ । सो अभियानको वडा नम्बर ६ का वडा अध्यक्ष दशरथ थारुले उद्घाटन गरेका थिए ।

उद्घाटनको क्रममा बोल्दै नगरपालिकाको सबैभन्दा पहिले आफ्नो वडालाई बालमैत्री घोषणा गर्न लागेको भन्दै खुसी व्यक्त गरे । उनका अनुसार अब हामीले अभियान थालिसकेका छौ उनले भने यो वडालाई बालमैत्री वडा बनाउन पूर्ण विश्वास दिलाउन चाहान्छु ।

यो वडाले तीन वटा सूचकको नजिक पुगेको उनको भनाई थियो । यस्तै बाँसगढी नगरपालिकाको महिला तथा बालिकालिका शाखाका सहायक महिला विकास निरिक्षक भगवती ढकाल भगवती ढकालले बालमैत्री घोषणा गर्नका लागि ३९ वटा सूचकहरु पुरा गर्नुपर्ने बताइन् ।

अहिले हाम्रो वडामा तीन वटा सूचको नजिक पुगेका छौ उनले भनीन् जसमा विद्यालयमा शतप्रतिशत भर्ना, बालमैत्री स्थानीय समिति गठन र बालविवाह न्यूनिकरण गरी तीन वटा सूचकहरु पुरा गरेको बताए ।

अन्य सूचकहरु आगामी मंसिर सम्म पुरा गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् । यस्तै सो कार्यक्रममा बालअधिकार कर्मी आशिष बर्मा, रितिक शाह लगायत अन्य सरोकारवालाको समेत उपस्थित रहेको थियो । उक्त कार्यक्रमको अयोजना नगर महिला तथा बालबालिका शाखाले गरेको थियो ।

प्रकाशित मितिः बुधबार, फाल्गुन १९, २०७७     10:24:59 AM  |