कोहलपुरमा नेपाल लाइफ इन्योरेन्सको उपशाखा



कोहलपुर ।

बाँकेको कोहलपुरमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १८० औं उपशाखा कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ ।
सोमबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका नायक महाप्रबन्धक तथा नेशनल मार्केटिङ्ग प्रमुख उमापति पोखरेलले उपशाखाको उद्घाटन गर्दै औपचारिक रुपमा कार्यालय सञ्चालन आएको हो ।

उद्घाटनको क्रममा बोल्दै पोखरेलले कोहलपुरबासीको सहज र सरल सुविधाको लागि कार्यालयको स्थापना भएको बताए । हाल नेपाल लाइफले जीवन बीमा कम्पनीहरूमध्ये करिब एक तिहाइ बजार हिस्सा ओगटेको छ उनको भनाइ थियो । नेपालभरी २८ लाख बराबरले बिमा गरिएको उनले जानकारी दिए ।

विभिन्न स्थानमा रहेका असहाय महिला, वृद्धवृद्धा तथा अनाथ बालकालिकालाई खाद्यन्न तथा अत्यावश्यक सामग्री सहयोग गर्दै आइरहेको उनले बताए ।
यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका कोहलपुर उपशाखा प्रमुख विष्णु प्रसाद शर्माले बिमा सम्बन्धी नयाँ योजना ल्याउनेमा जोड दिएका थिए । नेपालगञ्ज शाखा भएको समयमा कोहलपुरबाट प्रिमियम तिर्नका लागि एक दिनको समय नै लाग्थ्यौ तर अब एकै छिनमा हुने विश्वास व्यक्त गरेका थिए ।

यस्तै उनका अनुसार बीमित र एजेण्टहरुले समेत ऋण लिनका लागि सहज हुने बताए ।नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विगत दुई वर्षदेखि अनौपचारिक रुपमा सेवा सञ्चालन गर्दै आइरहेको थियो ।

यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताहरुलाई पुर्नताजकी तथा उत्प्रेरक तालिम दिइएको छ । कोहलपुरका ४ सय ५० जना अभिकर्ताहरुलाई पुर्नताजकी तथा उत्प्रेरक तालिम दिइएको हो ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका नायक महाप्रबन्धक तथा नेशनल मार्केटिङ्ग प्रमुख उमापति पोखरेल, नेपालगञ्जका उपशाखाका प्रमुख बिनोद कुमार खड्का, कोहलपुर उपशाखाका प्रमुख बिष्णु प्रसाद शर्मा, पेशागत अभिकर्ता सघं बाँकेका अध्यक्ष संकर थापा सोमई मगर, बरिष्ठ एजेन्सी म्यानेजर जुहारीलाल चौलागाई, नन्दखर जैसी, गुमान सिंह रावत, बादुराज बंसीले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षणमा अभिकर्ताहरुलाई बिमाको पोलिसीको बारेमा, सर्वसाधारणसम्म कसरी पुग्ने, बीमितहरुका गुनासा, सुविधा जस्ता विषयमा अभिकर्ताहरुलाई प्रशिक्षण दिइएको थियो  ।

यस्तै प्रदेश नम्बर ५ का उत्कृष्ट मिलेनियम डलर राउण्ड टेबल, कोट अफ द टेबल, टप अफ द टेबलका बिमा व्यवसायहरुलाई समेत सम्मान गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७७ फागुन १८ गते मंगलबार