कोहलपुर
१११ औँ अन्र्तराष्ट्रिय नारी दिवस मनाउने विषयमा कोहलपुर नगरपालिकामा सरोकारवाला बीच छलफल भएको छ । आगामी फागुन २४ गते अर्थात मार्च ८ तारिखका दिन विश्वव्यापी रुपमा मनाइने दिवस कसरी मनाउन सकिन्छ भन्ने विषय र गरिने क्रियाकलापका बारेमा छलफल भएको हो ।
छलफल कोहलपुर नगरपालिकाका उप–प्रमुख सन्जुकुमारी चौधरीको अध्यक्षमा सम्पन्न भएको थियो ।सरोकारवालाहरुको छलफलमा हषोउत्ल्लासका साथ मनाउने विषयमा एकमत देखिएको छ ।
आइतबार भएको छलफलमा दिवस मनाउनको लागि उप–प्रमुख थारुको अध्यक्षतामा ५५ सदस्यीय मुल आयोजक समिति बनाइएको छ । यस्तै नगरपालिकास्थित गैर सरकारी संस्था, महिलाका क्षेत्रमा काम गर्ने संस्था, प्रहरी, पत्रकारहरु सम्मिलित कार्य सम्पादन समिति समेत बनाइएको छ । यो समितिमा १६ जना सदस्य छन् ।
यस वर्षको दिवसको नारा ‘महिलाको सुरक्षा सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने रहेको छ । आज कार्य सम्पादन समितिको बैठक बस्दैछ । बैठकले दिवसको अवसरमा गरिने गतिविधिहरु बारेमा निर्णय गर्ने कार्य सम्पादन समितिका सदस्य विनोद थापाले जानकारी दिए । यो दिवसमा विश्वभर झैँ नेपालमा समेत प्रत्येक वर्ष मार्च ८ मा मनाइन्छ ।
प्रतिक्रिया दिनुहोस्