Breaking : आगलागी हुँदा चार घर जलेर नष्ट



शिवु खनाल देउखुरी, १६ फागुन

दाङको गढवा गाउँपालिका वडा नम्बर ७ शान्तिपुरमा चार घरमा आगलागी भएको छ । आइतबार साझ करिब ६ बजेको समयमा गढवा गाउँपालिका वडा नम्बर ७ शान्तिपुर निवासी मनिराम रिजालको गोठ बाट आगो सल्किएको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ।

उनको गोठ बाट शुरु भएको आगोले आफ्नै एउटा घर, नजिकै रहेको उनकी आमा मिना रिजालको एक घर र कर्ण बहादुर रानाको पनि घरमा आगलागी भएको छ । आगलागी बाट मानबिय क्षति नभए पनि अन्य के कति क्षति भयो भन्ने बिवरण आउँन बाकी छ ।

अहिले घटनास्थलमा लमही र गढवा बाट दमकलका साथै स्थानीय, प्रहरीबाट आगो नियन्त्रणमा लिने काम भैरहेको प्रहरीले बताएको छ ।।

  • No tags available
प्रकाशित मिति : २०७७ फागुन १६ गते आइतबार