कोहलपुर ।
बाँके प्रहरीले अवैध भारतीय रुपैयाँ सहित एक जनालाई पक्राउ गरेको छ । बाँके प्रहरी मातहत भन्सार सुरक्षा गार्ड नेपालगन्जबाट खटिएको प्रहरी र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जमुनाह बाँके बाट खटिएको टोलीले भारतीय दश लाख रुपैयाँ एक जना भारतीय नागरिकलाई पक्राउ गरिएको हो ।
उक्त क्षेत्रमा नेपाल प्रहरीका प्रहरी नावय निरीक्षक भिम बहादुर खड्का र स.प्र.नि.जिवनलाल बुढाको संयुक्त सुरक्षा टोलीले जिल्ला बाँके नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १६ भन्सार चेक प्वाइन्टमा चेकजाँच गर्ने क्रममा भारतको उत्तरपूर्वी दिल्ली जफ्फारावादका मजदुरी गर्ने ५४ बर्षीय मुनवर खानलाई पक्राउ गरिएको हो ।
भारतबाट नेपाल तर्फ पैदल आइरहेका खानले बोकी ल्याएको दुई (२) वटा झोला भित्र रहेको भारतीय रुपैयाँ दश लाख सहित फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी ओमबहादुर रानाका अनुसार नगद रु १ लाख ५० हजार १ सय ६५ रुपैयाँ सहित ९ जना जुवाडे पक्राउ गरिएको छ ।
सोमबार नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २ बौद्ध टोल स्थित भुट्टु मियाको घर कोठामा हारजित हुने गरि जुवातास खेलिएका ९ जनालाई पक्राउ गरिएको हो । रानाले चालु आ.ब.को हालसम्म नगद रु ३४ लाख ८० हजार ६ सय १५ रुपैयाँ ३५ जना जुवाडे लाई पक्राउ गरि कारबाही गरिएको जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्