शिवु खनाल दाङ, ९ फागुन
नेपालकै दोस्रो लामो राप्ती पुलको शिलालेख तोडफोड भएको छ । प्रधानमन्त्री केपी ओलीको नामांकित शिलालेख तोडफोड गरिनुलाई अर्थपूर्ण रुपले हेरिएको छ । केहीसाता अघि प्रधानमन्त्री केपि शर्मा ओलीले निकै तामझामका साथ उद्घाटन गरेका थिए ।
तर कसले र किन तोडफोड गरे भन्ने कुरा गर्भमै छ । खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राज कुमार भट्ट घटनास्थलमा खटिएर अनुसन्धान गरिरहेको बताउँछन् ।
‘पुल निर्माण पछि जग्गा दान गर्ने,सहयोग समिती, सल्लाहकारलाई प्रमाणपत्रले सम्मान गर्ने अपेक्षा थियो । तर त्यो अनुसार भएन । प्रमाणपत्र आएको थियो भन्ने सुनेका छौ । यो उद्घाटन कै दिन दिएको भए हुने थियो ।’ पुल निर्माण समितिका सचिव खगेश्वर शर्माले भन्छन् । उद्घाटन भएको केही समयपछि महदेवाका केही स्थानीयले पुलको नामाकारणका बारेमा चित्त नबुझाएको उनको भनाइ छ ।
पुल निर्माण भएको स्थानको जग्गा धेरै जसो गढवा गाउँपालिका वडा नम्बर २ महदेवा क्षेत्रमा बसोबास गर्ने स्थानीयको हो ।त्यसैले उक्त पुलको नाम महदेवा सिसहनिया हुनुपर्ने स्थानीयको भनाई छ ।सिसहनिया–महदेवा राप्ती पुल भनेर पुलको नामाकरण भएको छ । देशकै प्रधानमन्त्रीको नामांकित भएको शिलालेख फुटाउनु गैरकानुनी काम हो शान्तिपूर्ण तरिकाले विरोध गर्नु पर्ने तर फुटाएर गल्ती गरेको
शर्माले बताए ।









प्रतिक्रिया दिनुहोस्