बाँसगढीमा निःशुल्क बालरोग शिविर



बाँसगढी

बर्दियाको बाँसगढी नगरपालिकामा निःशुल्क बालरोग शिविर सम्पन्न भएको छ । एसओएस स्वाथ्य केन्द्र बर्दिया तथा लायन्स क्लब अफ नेपालगन्ज सेन्ट्रल र अलस्का रामारोशन मेडिकल हल नेपालगन्जको संयुतm पहलमा उक्त स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

उक्त बालरोग शिविरमा बाँसगढी नगरपालिकाका वडा नम्बर २,३,४,५,६ का वडा कार्यालयहरु तथा बढैयाताल गाउँपालिकाको ४ र ५ को आसपासमा रहेका विपन्न परिवारहरु लाभान्वित भएको स्वास्थ्य केन्द्रमा हेल्थ पर्सन राम किशोरले जानकारी दिए ।

उनका अनुसार सो स्वास्थ्य केन्द्रमा यसअघि पनि यस किसिमका विशेषज्ञ सेवाहरु निःशुल्क रुपमा प्रदान गर्दै आइरहेकोमा बिहीबारका दिन भेरी अस्पतालका बालरोग बिशेषज्ञ डा.विष्णु बहादुर थापाद्वारा बालबालिकाहरुको स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो ।

सो कार्यक्रमको अध्यक्षता गरेका एसओएस युवालय नेपालगन्जका प्रमुख तुलाराम विश्वासले सन् २०२१ मा यस किसिमका निःशुल्क शिविरहरु करीब १० बटा विभिन्न सहयोगी संस्थाहरुसँगको सहकार्यमा गरिने योजना रहेको जानकारी दिए ।

उक्त शिविरबाट ६८ बालबालिकाहरु लाभान्वित भएको जानकारी एसओएस बर्दियाका इञ्चार्ज शिव चौधरीले दिए । फर्मासिष्ट राकेश प्रधानाङ्गले बालबालिकाहरुलाई ३५ हजार बराबरको औषधी निःशुल्क वितरण गरिएको बताए । सो शिविरमा ल्याब टेष्ट पनि एसओएस स्वास्थ्य केन्द्रले निःशुल्क उपलब्ध गराएको ल्याब टेक्निसियन दिप ब. थापाले जानकारी दिए ।

शिविरको औषधी खर्चमा केहि रकम लायन्स क्लब अफ नेपालगन्जले व्यहोरेको थियो भने अन्य सबै खर्च एसओएस स्वास्थ्य केन्द्रले गरेको एसओएस स्वास्थ्य केन्द्र तथा परिवार सवलीकरण कार्यक्रम तथा शिविरका संयोजक शिव कुमार चौधरीले बताए ।चिकित्सक परामर्श सेवा अलस्का रामारोशन मेडिकल हलका संचालक सन्तोष शाहको संयोजकत्वमा भएको थियो ।

सो शिविरमा एसओएस स्वास्थ्य केन्द्रका स्वास्थ्य कर्मचारीहरु राकेश भतm प्रधानाङ्ग, राम किशोर थारु, दिप बहादुर थापा, प्रकाश शाहीले सहयोग गरेका थिए । सो अवसरमा डा. थापाले एसओएस जस्तो संस्थासँग मिलेर आफूले पनि निःशुल्क परामर्श सेवा दिन पाएकोमा खुशी व्यतm गरे ।

  • No tags available
प्रकाशित मिति : २०७७ फागुन ७ गते शुक्रबार