मेरी छोरी खोजीदिनुस भन्दै पत्रकार सम्मेलनमै भक्कानिइन् धनमाया



शुभाकर विश्वकर्मा ,कोहलपुर :
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ की सिता ओली गत माघ १२ गतेदेखि हराएकी छन् । उनी उक्त दिन विद्यालय जान्छु भन्दै घरबाट निस्किएकी थिइन् ।

तर हराएको एक महिना पुग्न लाग्दा समेत उनी अझै भेटिएकी छैनन् । उनको अहिले पनि को अवस्थाको विषयमा कुनै पनि जानकारी प्राप्त नभएको परिवारले जनाएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै सिताकी आमा धनमाया ओलीले लामो समय बितिसक्दा समेत अझै नभेटिएको बताइन् ।

आमा धनमायाका अनुसार सिता १२ गते विहान ९ बजे सधै झैँ विद्यालय जान्छु भनेर गएकी थिइन् । उनी भने घरको काममा व्यस्त भइन् । उनी नयाँ घर बनाउँदैछन् । दिउँसो २ गते तिरको कुरा हो ।उनले सिता सँगै पढ्ने स्कुलका साथीहरुलाई सोधिन, ‘सिता आइन र तर उनीहरुले विहानै देखि स्कूल नै नआएको’ उनीहरुले बताए । त्यसपछि त रुखको हांगाबाट खसे झैँ भइन् । घर्ती फाट्ला जस्तो भयो । उनी निकै आत्तिइन् ।उनी रुदैँ भन्छिन्, ‘त्यसपछि जताततै खोजे ।

साथी र आफन्तलाई सोधे । प्रहरी कहाँ निवेदन दिएको छु । अहिलेसम्म अत्तोपत्तो छैन । हजुरहरुले मेरी छोरी ल्याइदिनुस् ।’त्यसदिन सिताले आमाबाट स्कूलको फि तिर्ने भन्दै २ हजार मागेर

लिएकी थिइन् । आफूले छोरीको काम होला भनेर दिएको समेत बताइन् । सिता गणेश माविमा कक्षा ११ मा अध्ययनरत छिन् । आमा धनमायाले छोरीको पढाइ छुटेको र आफू एक्लो भएको बताइन् ।अर्को दिनसम्म नभाएपछि उनले इलाका प्रहरी कार्यालय कोहलपुरमा छोरीको खोजीको लागि निवेदन समेत दिएकी छन् । सिता सहित धनमायाका दुई सन्तान हुन् । सिता एक्ली छोरी हुन् । आफूले निकै माया दिएर हुर्काएको उनले बताइन् ।

सिताका भाई शम्शेरगञ्जमा होस्टेलमा बसेर अध्ययन गर्छन् । उनका श्रीमान बैदेशिक रोजगारीको लागि साउदी अरबमा छन् । यता इलाका प्रहरी कार्यालय कोहलपुरले परिवारको तर्फबाट छोरीको खोजीको लागि निवेदन पेस भएको छ ।

सोही अनुसार प्रहरीले उनको खोजीको लागि प्राविधिक पक्षबाट अनुसन्धान गरिएको कोहलपुर प्रहरी प्रमुख डिएसपी रविन्द्र खनालले जानकारी दिए ।

उनका अनुसार सिताको मोबाइल र फेसबुक आइडी फलो गर्दा केटा स्याङजाको हुन सक्ने बुझिएको छ ।‘प्रहरीले अनुसन्धान गरिरहेको छ ।सितालाई लिएको केटा स्याङजाको हुन भन्ने देखिएको छ । उनको अवस्थाका विषयमा स्याङजा प्रहरीसँग सहकार्य भइरहेको छ । ’ उताबाट जानकारी प्राप्त भइनसकेको उनले जानकारी दिए । पछिल्लो समयमा यस क्षेत्रमा बालिकाहरु हराउने क्रम निकै बढेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ फागुन ५ गते बुधबार