कोहलपुर ।
बाँकेका कोहलपुरमा रहेको मध्यपश्चिमाञ्चल विश्व विद्यालय बागेश्वरी बहुमुखी क्याम्पसका विद्यार्थीहरुले शिक्षक शिक्षाको वर्तमान अवस्था सम्बन्धी कार्यशाला गोष्ठी गरेका छन् । आइतबार एम.एड दोश्रो सेमेस्टरमा अध्ययनरत विद्याथीहरुले शिक्षामा अनुसन्धान विधि कोड नं. ५२२ को आंशिक पाठ्यभार पुरा गर्नका लागि सो कार्यशाला गोष्ठी गरेका थिए ।
एम.एड दोश्रो सेमेस्टरका ६० जना विद्यार्थीहरुले वर्तमान सन्र्दभमा शिक्षक शिक्षाको आवश्यकता, महत्व र चूनौतीका विषयमा कार्यशाला गरेका हुन् । कार्यशालामा एम.एड दोश्रो सेमेस्टरमा अध्ययनरत ओमकार शर्माले वर्तमान सन्र्दभमा शिक्षक शिक्षाको आवश्यकता, महत्व र चूनौतीका बारेमा तयार पारेको प्रतिवेदन प्रस्तुतिकरण गरेका थिए । कार्यशाला गोष्ठीका प्रमुख अतिथि समेत रहेका क्याम्पस प्रमुख शिशिर कुमार शर्माले प्रस्तुतिकरणमा समावेश गरिएको विषयहरु एकदमै उत्तम रहेको बताए ।
सो प्रतिवेदनमा अहिले वर्तमान अवस्थामा रहेको आवश्यकता, महत्व र चूनौतीका विषयमा स्पष्ट रुपमा देखिएका समस्यालाई बुदाँगत रुपमा तयार गरेको भन्दै प्रंशसा समेत गरेका थिए । ‘अहिलेको शिक्षा नियामावली, शिक्षा नीतिमा नै समस्या छ । नेपालमा लिएको शिक्षाले बेरोजगारी निम्त्याएको छ’ उनले भने, ‘यसको निराकरण गर्नका लागि व्यवाहारिक र वैज्ञानिक शिक्षाको आवश्यकता छ ।’
अहिले डिग्री अध्ययनरत विद्यार्थीहरुलाई रोजगारी नपाएर बैदेशिक रोजगारमा जानुपरेको भन्दै उनले दुःख व्यक्त गरे । यस्तै पाठ्यक्रम तथा मुल्याङ्कन समितिका प्रमुख एकराज शर्माले भौगोलिक रुपमा अझै पाठ्यक्रम तयार नपारिएको विषयलाई बढी जोड दिनुपर्ने बताए ।
‘नेपालमा स्थानीय रुपमा पाठ्यक्रम तयार पारिएको छैन’ उनले भने ‘डोल्पाका विद्यार्थीहरुलाई काठमाण्डौंको विषयबस्तु पढाएर कुनै अर्थ छैन, ‘त्यहाँ डोल्पाकै विषयबस्तु हुनुप¥यो ।’ यस्तो किसिमको पाठ्यक्रम कहिलेसम्म तयार पार्ने ? भन्दै कार्यशालामा प्रस्तुत भएका बुदाँहरुलाई औल्याउँदै उनले प्रश्न गरेका थिए ।
कार्यशाला गोष्ठीमा बोल्दै कार्यक्रमका अध्यक्ष एम.एड दोश्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थी चन्द्रकला आचार्यले शिक्षाबाट लिइएको प्रमाण पत्र काम नलागेको भन्दै गुनासो गरेकी थिइन् । ‘अहिले डिग्री पास भएपछि घरको एउटा कुनामा राखेर बैदेशिक रोजगारमा जानुपर्ने नेपालीहरुको निकै ठुलो समस्या छ’ उनले भने ‘यो समस्या कहिलेसम्म नेपाली विद्यार्थी जगतले भोग्नुपर्ने हो सरकार ?’ उनले प्रश्न गरिन् ।