20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

कर्णालीमा कुपोषण समस्या बढ्दो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, फाल्गुन १, २०७७  

सुर्खेत ।

कर्णाली प्रदेशमा कुपोषण बढदै गएको छ । देशका अन्य प्रदेश भन्दा विकासका हरेक सूचकाङ्कमा पछाडि परेको कर्णाली प्रदेशमा कुपोषण बढ्दो रहेको पाइएको हो ।यहाँका बहुसंख्यक नागरिक गरिबीको रेखामुनी छन् ।

एक तथ्यांक अनुसार कर्णाली प्रदेशको गरिबी दर ५१ प्रतिशत छ । यस्तै कर्णाली समाजिक, र आर्थिक रुपमा समेत विपन्न हुनुका साथै पिछडिएको छ । प्रदेशमा ४७.८ प्रतिशत बालबालिकामा पुड्कोपनाको समस्या रहेको पाइएको छ । त्यस्तै १७ं.६ प्रतिशत बालबालिकामा ख्याउटेपनाको समस्या रहेको छ । कर्णालीका ४८ प्रतिशत बालबालिका रक्तअल्पताबाट ग्रसित रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

३० प्रतिशत बालबालिकाले न्यूनतम आहारसमेत उपभोग गर्न पाउँदैनन् । प्रदेशका कतिपय नागरिक सन्तुलित आहारबाट बञ्चितमात्र छैनन्, छाक टार्नै मुस्किल पर्ने अवस्थामा छन् । कर्णालीमा कुपोषणले जरा गाड्नुको प्रमुख कारण पर्याप्त पोषिलो खाना खान नपाउनु नै भएको स्वास्थ्यकर्मी बताउँछन् । निर्देशनालयका अनुसार कर्णालीका एकचौथाई नागरिकले मात्र न्यूनतम आहार उपभोग गर्न पाउने गरेका छन् ।

‘कर्णालीका तीन चौथाई नागरिकले एकै प्रकारको खाना खाइरहेका छन्, उनीहरुलाई छाक टार्नै मुस्किल हुन्छ । यस्तो बेला ‘हरेक बार, खाना चार’को जोहो गर्न समस्या छ,’ निर्देशनालयकी वरिष्ठ नर्सिङ अधिकृत मानकुमारी गुरुङले भनिन् ।सन् २०२५ सम्ममा देशमा कुपोषणको दर शून्यमा झार्ने सरकारको पोषणसम्बन्धी राष्ट्रिय लक्ष्य छ । तर, कर्णालीको अहिलेको अवस्था हेर्दा राष्ट्रिय लक्ष्य भेटाउन सहज छैन्

प्रकाशित मितिः शनिबार, फाल्गुन १, २०७७     6:15:07 AM  |