क्वाटर फाइनलका लागि आज दुई टिम बीच प्रतिस्पर्धा हुने
कोहलपुर ।
बाँकेको कोहलपुरमा जारी स्वर्गीय सुजाता राई अधिकारी स्मृति फुटबल प्रतियोगिताको चौथो दिनमा पहिलो चरणको खेलमा गौरीगंगा ११, कैलाली र क्वाटर फाइनलको खेलका आयोजक (ए) विजयको सुरुवात गरेका छन् । पहिलो चरणको खेलमा गौरीगंगा ११ कैलाली र बाँसगढी ११ बर्दिया बीच प्रतिस्पर्धा भएको थियो । गौरीगंगा ११ कैलालीले बाँसगढी ११ बर्दियालाई (६—५) गोल गर्दै विजय सुरुवात गरेको गरेको हो ।
दुवै टिमले निर्धारित समय भित्र बराबरीमा खेल सकिएको थियो । कैलालीका खेलाडी प्रकाश विसीले दुई गोल गरेका थिए भने बाँसगढीका खेलाडी पुरण सिंह भूषाल, रोशण विसीले एक÷एक गोल गरेका थिए । दुवै खेल बराबरीमा सकिएपछि पेनाल्टी सुट आउट मार्फत गौरीगंगा ११ कैलालीले ४ र बाँसगढीले ३ गोल गर्दै गौरीगंगाले विजय सुरुवात गरेको आयोजक कमिटिका सदस्य नवकिरण शाहले बताए । यस्तै क्वाटर फाइनलका लागि आयोजक बि र पब्लिक लर्ड बुद्ध प्रतिस्पर्धा गरेका थिए ।
आयोजक ‘बि’ले पब्लिक लर्ड बुद्धलाई (१—०) गोल गर्दै विजय सुरुवात गरेको हो । यस्तै आज पाँचौ दिनमा क्वाटर फाइनलका लागि पहिलो खेल एपिएफ ५ नं. प्रदेश र गेरुवा गाउँपालिका बीच प्रधिस्पर्धा हुनेछ भने दोस्रो खेलमा न्यू डाँफे स्पोट्स क्लब र आयोजक ‘बी’ बीच प्रतिस्पर्धा हुने आयोजक कमिटिका सदस्य नवकिरण शाहले बताए । प्रतियोगिताको राष्ट्रि«य रेफ्री अमृत केसी, श्याम बहादुर खड्का, अम्मर गुरुङ रहेका छन् । प्रतियोगिताको हुलास पिठो र सनराइज कपी उद्योगले प्रायोजन गरेका छन् । प्रतियोगिताको प्रथम पुरस्कार राशी १ लाख २२ हजार २२२ रुपैयाँ रहेको छ । सुजाता स्मृति फुटबल प्रतियोगिता फागुन ४ गतेसम्म सञ्चालन हुनेछ ।









प्रतिक्रिया दिनुहोस्