स्टार एफ.सी. नेपालगञ्ज र न्यू डाँफे विजयी सुरुवात



कोहलपुर ।

बाँकेको कोहलपुरमा जारी स्वर्गीय सुजाता राई अधिकारी स्मृति फुटबल प्रतियोगिताको तेस्रो दिन दुई वटा टिम विजयी सुरुवात गरेका
छन् । प्रतियोगिता अन्र्तगत मंगलबार भएको तेस्रो दिनको खेलमा स्टार एफ.सी. नेपालगञ्ज र न्यू डाँफे स्पोट्स क्लब खजुराले विजय सुरुवात गरेका छन् ।  पहिलो खेलमा स्टार एफ.सी. नेपालगञ्ज र कञ्चनगंघा बीच प्रतिस्पर्धा भएको थियो ।

तर दुवै टिमले निर्धारित समयभित्र गोल गर्न सकेका थिएनन् । गोल गर्न नसकेपछि दुवै टिमका पाँच÷पाँच जना खेलाडिले पेनाल्टी मार्फत गोल हान्ने मौका पाएका थिए । जसमा स्टार एफ.सी.ले कञ्चनगंघालाई (३—२) गोल गर्दै विजय सुरुवात गरेको आयोजक कमिटीका सदस्य नवकिरण शाहले जानकारी दिए ।

यस्तै दोस्रो खेलमा भने न्यू डाँफे स्पोट्स क्लब खजुरा र कोहपलपुर स्पोट्स क्लब बीच प्रतिस्पर्धा भएको थियो । न्यू डाँफे स्पोट्स क्लब खजुराले कोहपलपुर स्पोट्स क्लबलाई (१—०) गोल गर्दै विजयी भएको हो । न्यू डाँफेलाई जिताउन सवी गुरुङ्गले खेल सुरु भएको दुई मिनेटमा नै गोल गरेका थिए । उनको एक गोल नै खेल जित्नको लागि प्रयाप्त बन्यो ।

प्रतियोगता अन्तर्गत चौथो दिन आज पहिलो चरण अन्तर्गत बाँसगढी ११, बर्दिया र गौरीगंगा ११ कैलाली बीच खेल हुनेछ । भने क्वाटर फाइनलका लागि आयोजक ‘बि’ र पब्लिक लर्ड बुद्ध बीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १२ बजेबाट सुरु बताइएको छ ।सुजाता स्मृति फुटबल प्रतियोगिता फागुन ४ गतेसम्म सञ्चालन हुनेछ ।

  • No tags available
प्रकाशित मिति : २०७७ माघ २८ गते बुधबार