सुजाता स्मृति फुटबल प्रतियोगिता सुरु, आयोजकको विजय शुरुवात



कोहलपुर ।

बाँकेको कोहलपुरस्थित १३ विगाहाको मैदानमा स्वर्गीय सुजाता राई अधिकारी स्मृति फुटबल प्रतियोगिता सुरु भएको छ । आइतबारबाट ‘स्वास्थ्यका लागि खेल,राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले उद्घाटन गरेका थिए ।उक्त अवसरमा बोल्दै नगरप्रमुख रावतले खेलकुदको विकासका लागि १५ वटै वडामा खेल मैदानको योजना अघि सारेको बताए । उनका अनुसार कोहलपुर नगरपालिकाले खेलाडीहरुलाई सम्मान गरिरहेको बताए ।

भविष्यमा पनि खेलाडीहरुलाई सम्मान गरिने उनको भनाइ थियो । कोहलपुर क्षेत्रलाई खेलकुदको माध्यमबाट परिचित बनाउनका लागि नगरपालिकाले नीति तथा कार्यक्रममा विभिन्न खेलकुदका कार्यक्रमहरु राखेको उनले जानकारी दिए । यस्तै कोहलपुर नगरपालिका वडा नम्बर १० का अध्यक्ष निम बहादुर चलाउने खेलाडीको जिम्मा राज्यले दिनुपर्नेमा जोड दिएका थिए । ‘खेलाडीमा राज्यले लगानी बढाउनुपर्दछ । नेपाललाई पनि विश्वमा खेलकुदको माध्यमबाट परिचित बनाउन र खेलाडीको भूमिका रहेको छ । राज्यले उनीहरुको जीवनको भविष्य सुनिश्चित गरिनुपर्दछ ।’ उनले भने ।

यस्तै कोहलपुर रेसिङ्ग साहारा क्लबका अध्यक्ष यज्ञ बहादुर महराले खेल पर्यटक प्रवद्र्धन गर्नको लागि प्रतियोगिता आवश्यक रहेको बताए । ‘यो प्रतियोगिता कोहलपुरको गहना हो’ उनले भने ‘यसले कोहलपुरको मात्र नभएर बाँकेलाई परिचित बनाउनेछ ।’ उनका अनुसार क्लबका कोषाध्यक्ष काशी अधिकारीको दिवङ्गत श्रीमतीको स्मृतीमा प्रतियोगिता आयोजना गरिएको हो ।प्रतियोगितामा १४ वटा टिम सहभागी छन् ।प्रतियोगितामा विभागीय टिमहरुको समेत सहभागिता रहेको छ । खेलाडीहरुको आवासको व्यवस्था क्लबले नै गरेको छ भने खेलाडीहरुलाई खेल खेल्दा कुनै चोटपटक लागेको खण्डमा कोहलपुर रेडक्रसको सवारी साधान र डाक्टरहरुलाई तयारी अवस्थामा मैदानमा राखेको क्बलका अध्यक्ष महराले बताए ।

आयोजकको विजय शुरुवात

कोहलपुरमा पहिलो दिनमा भएको खेलमा आयोजक रेसिङ्ग सहारा क्लब (बि) ले विजय शुरुवात गरेको छ । आइतबार उद्घाटन रेसिङ्ग सहारा क्लब (बि) र कैलाली गौरीगंगा १ बीच खेल भएको थियो । खेल निर्धारित समयमा बराबरीमा सकिएपछि पेनाल्टी सुटआउट मार्फत विजय घोषित भएको हो । खेलको निर्धारित समयसम्म १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । दुवै टिमको तर्फबाट पाँच÷पाँच जनाले सुटआउटमा मौका पाएका थिए ।

जसमा रेसिङ्ग सहारा क्लब (बि) पाँच वटै गोल गर्ने सफल भएको थियो भने कैलाली गौरीगंगा १ चार गोल गर्ने सफल भएको थियो । प्रतियोगिताको राष्ट्रि«य रेफ्री अमृत केसी, श्याम बहादुर खड्का, अम्मर गुरुङ्ग रहेका छन् । प्रतियोगिताको हुलास पिठो र सनराइज कपी उद्योगले प्रायोजन गरेका छन् । प्रतियोगिताको प्रथम पुरस्कार राशी १ लाख २२ हजार २२२ रुपैयाँ रहेको छ । सुजाता स्मृति फुटबल प्रतियोगिता फागुन ४ गतेसम्म सञ्चालन हुनेछ ।

  • No tags available
प्रकाशित मिति : २०७७ माघ २६ गते सोमबार