नेपाल आम हडताल : बाँकेमा सडक मै बसेर अवरोध, सबै सेवा ढप्प (फाेटाे फिचर)



कोहलपुर ।

नेकपाको प्रचण्ड नेपाल समूहले गरेको बन्दको प्रभाव बाँकेमा समेत देखिएको छ । बाँकेका नेपालगञ्ज र कोहलपुरमा विहानै देखि बन्द कर्ता सडकमा उत्रिएका छन् ।

उनीहरुले ओली सरकारका विरुद्ध नाराबाजी गर्नुका साथै सवारी , पैदलयात्रीका साथै मोटसाइकल र अटोहरुलाई समेत अवरोध गरिरहेका छन् । बाँकेको कोहलपुरस्थिच चौराहामा बन्दको प्रत्यक्ष प्रभाव देखिएको छ ।त्यहाँ बन्द आह्वान दर्ताहरुले विहान टायर बालेका थिए । अहिले उनीहरु चारै तर्फ बाटो बन्द गरेर सडक मै बसिरहेका छन् ।

यस्तै सुरक्षाकर्मीहरु पनि व्यापक रुपमा परिचालन गरिएको छ । कोहलपुरमा नेपालगञ्जबाट सुरक्षाकर्मी झिकाएर परिचालन गरिएको प्रहरी स्रोतले बतायो । बिहिबार प्रचण्ड नेपाल पक्षले संवैधानिक निकायमा बलमिच्याईका साथ सपथ गरिएको विरोधमा देशभर आमहडताल गरिएको हो । यता नेपालगञ्जमा समेत बन्दको आंशिक प्रभाव देखिएको छ ।

बन्द आह्वान कर्ताहरु पुस्पलाल चोकमा बसेर सामान्य रुपमा विरोध जनाइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । कार्यालयका इन्पेक्टर टक्कर स्वाँरका अनुसार कोहलपुर र नेपालगञ्जमा बन्दको आंशिक प्रभाव देखिएको छ । अहिले सम्म बन्द शान्तिपूर्वक बढिरहेको छ । बन्द कर्ताहरुले संयमित भएर आन्दोलन गरिरहेका छन् । बाँकेमा दुई स्थानमा दुई सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ माघ २२ गते बिहीबार