मधुर पौडेल, बाँसगढी
बर्दियाको बाँसगढी नगरपालिकामा ७ दिने व्यक्तित्व विकास,नेतृत्व विकास र उदघोषण तालिम सुरु भएको छ । युराशिया रेयुकाई ११ औ शाखा र प्रयास नेपाल तथा बाँसगढी युवा मन्चको सयुक्त आयोजनामा ७ दिने व्यक्तित्व विकास,नेतृत्व बिकास र उदघोषण तालिम सुरु भएको हो ।
तालिमको बाँसगढी नगरपालिकाका नगरप्रमुख शालिकराम अधिकारीले उद्घाटन गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य युवा मन्चका उपाध्यक्ष हरिकला अधिकारीले राखेकी थिइन् ।
उक्त अवसरमा बोल्दै नगरप्रमुख अधिकारीले कुनै पनि व्यक्तिमा बोल्न सक्ने क्षमता हुनुपर्ने बताए । उनका अनुसार मानिस सफल हुनको लागि पनि नेतृत्व तथा उद्घोषणको कला अति आवश्यक हुन्छ । यस्तै बाँसगढी युवा मन्चका अध्यक्ष मदन भण्डारीले युवाहरुलाई लक्षित गरेर कार्यक्रम आयोजना गरिएको हो ।
‘युवा वर्तमानको साझेदार हो । युवा भोलीको लागि मात्र होइन आजको लागि पनि महत्वपूर्ण हो । उहाँहरुको क्षमता विकासको लागि तालिम गरिएको हो ।’ उनले भने । उक्त अवसरमा बोल्दै प्रयास नेपालका अध्यक्ष तथा उक्त कार्यक्रमका सभापति दिपकराज श्रेष्ठका अनुसार सबै क्षेत्रमा युवाहरुको अमूल्य योगदान र प्रमुख भुमिका हुन्छ । तालिमको अवधिम सहभागीहरुलाई व्यक्तित्व विकास,नेतृत्व विकास र उदघोषण तालिम दिइनेछ ।









प्रतिक्रिया दिनुहोस्