कृषि क्रान्तितर्फ लम्कदै ६१ वर्षीय मोहन



डिल्ली शाही ।

‘घरमा बसेर नातीनातिनी खोलाउने, आराम गर्ने र धार्मिक पुस्तकहरुको अध्ययन गरेर बस्ने उमेर हो ।’ कोहलपुर नगरपालिका वडा नम्बर २ विकासनगरका मोहन रिजालको । उनी अहिले ६१ वर्षका भए । उनी एक किसान समेत हुन् । उनी अहिले तरकारी खेती गर्छन् । उनी कोहलपुर नगरपालिकाका सबैभन्दा जेष्ठ नागरिक कृषकका रुपमा समेत परिचित छन् ।

उनले तरकारी खेती गर्न थालेको ५ वर्ष भयो । यस अघि उनी होटल व्यवसाय गर्दथे । वि.स २०६१ सालमा कोहलपुर बसपार्कमा होटल सञ्चालन गरेका थिए । होटल व्यवसायबाट सोचे जस्तो आम्दानी हुन नसकेपछि रिजाल तरकारी व्यवसायतर्फ लागे । अहिले उनको दैनिकी त्यहिँ तरकारी गोलमेल, हेरचाह र सिँचाइ मै बितिरहेको छ । उनले राप्ती कृषि फर्म मार्फत तरकारी व्यवसाय गर्दै आएका छन् । पहिला सामान्य रुपमा व्यवसाय गर्दै आएका मोहनले आधिकारिक रुपमा फर्म भने पाँच वर्ष अघि मात्रै दर्ता गरेका हुन् । जहाँ उनी व्रोकाउली, फुलगोपी, सुसार्नी, प्याज, टमाटर, करेला, लौका, सिमी उर्माछन् ।

उनको कृषि फर्म १७ कट्ठा जमिनमा फैलिएको छ । तरकारी व्यवसायबाट वार्षिक ३ देखि ४ लाखसम्म कमाइ हुने मोहन बताउँछन् । यति मात्रै होइन उनले तीन जनालाई रोजगारी समेत दिएका छन् । ‘होटल व्यवसाय गर्दा केहि पार लागेन । अब कृषि कर्म गर्छु भनेर यता लागे । अहिले होटलकोभन्दा बढि कमाई हुन्छ । मेरो शक्तिले सकुञ्जेलमा यसैमा लाग्छु ।’ मोहनले भने । काम गर्नको लागि उमेर होइन दृढ इच्छाशक्ति चाहिन्छ भन्ने उज्वलन्त उदाहरण बनेका छन् उनी ।

देशको विकासको मेरुदण्ड मानिने युवाहरु विदेश नगएर देशमा कृषि कर्म गर्नुपर्नेमा उनले जोड दिए । वि.स. २०३८ सालमा तत्कालीन नेपालगञ्ज पंचायत विकास प्रशिक्षण केन्द्रबाट कृषिको तालिम लिएका थिए पहिलो पटक । उनको पहिलो व्यवसायिक जीवन भने कपडा बुन्ने उद्योगबाट सुरु भएको हो । २०४२ सालदेखि २०४६ सालसम्म मोहनले उक्त उद्योग चलाए । उनले पंचायतकालको समयमा माध्यमिक तहको शिक्षा हासिल गरेका थिए ।

बुढेलकालमा कृषि क्रान्तिको बाटोमा लागेका उनी कुनै समय राजनीति समेत गर्थे । वि.स. २०४९ सालमा इरिवाङ्ग गाविसको निर्विरोध अध्यक्ष समेत भएका थिए । उनको परिवार वि.स.२०५३ सालमा रोल्पा जिल्लाबाट बाँकेको तत्कालीन खासखुस गाविस हाल राप्तीसोनारी गाउँपालिका–१ मा बसाई परेको थियो । रोल्पाबाट आएपछि उनले राजनीतिसँगै कृषि व्यवसाय समेत गरे ।No description available.

‘त्यो समयमा तरकारी खेती त गरिन्थ्यो । तर अहिलेको जस्तो व्यवयसायिक थिएन । सबैका घरमा करेसाबारीमा तरकारीहरु फल्थे । बजारबाट तरकारी किन्नु नै पर्दैनथ्थो’ उनी सम्झन्छन् । तर अहिले समय फेरिएको छ । सबै मानिस बजारमा किनेर मात्रै तरकारी खान्छन् ।

स्थानीय तहको निर्वाचनपछि सबैको घरघरमा सरकार आयो । किसानहरुले विगतमा भोगेका समस्याहरु विस्तारै पुरा हुँदै गएका छन् । तालिम, प्रविधियुक्त औजार, बजार व्यवसाथापन, मल, विउ, सिँचाइ जस्ता सुविधा स्थानीय सरकारले दिन थालेको छ । कोहलपुर नगरपालिका नगर कृषि शाखा पनि मोहनको सारथी बन्यो ।

किसानको हौसला प्रदान गर्नका लागि अनुदान तथा तालिमका कार्यक्रमहरुमा उनी सहभागिता जनाउन थाले । जेष्ठ नागरिक कृषक मोहनले आर्थिक वर्ष २०७६÷०७७ मा टनेल बनाउनका लागि ५० प्रतिशत अनुदानमा २० हजार पाएको थिए । लामो समय राजनीति र व्यवसायमा गुजारेका उनको जीवनमा स्थानीय तहको अनुदान सहयोगले निकै राहत प्रदान ग¥यो ।

अनुदानबाट आएको २० हजार र आफ्नो २० हजार गरी ४० हजारमा ट्रनेल बनाए उनले । जसमा व्रोकाउली, फुलगोपी, सुसार्नी, प्याज, टमाटर, करेला, लौका, सिमि लगायतका विउ उत्पादन गरिरहेका छन् । सिँचाईको लागि समरसेल समेत गाडेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ माघ २१ गते बुधबार