कोहलपुर नगरपालिकाका आठौँ नगर सभा सुरु भएको छ । लामो समय स्थगीत हुँदै सुरु सभाको सभामा समसामयिक विषयमा छलफल भयो ।पहिलो दिन शुन्य समयमा ५ जनाले आफ्नो धारणा राखे । उनीहरुले नगरको विकास, जग्गा र लालपूर्जा तथा अन्य विषय जोडदारका साथ उठाए । शुन्य समयमा ६ जना नगर सभाका सभासदहरुले बोलेका थिए । यस्तै सभामा विभिन्न पाँच वटा विद्ययेक प्रस्तुत भएका छन् ।
नगर सभामा सभामा नगर प्रहरी विद्ययेक २०७७ र अपांगता भएका व्यक्तिहरुको अधिकार, संरक्षण र सर्वद्धन सम्बन्धी विद्ययेक २०७७ पेस भएका छन् ।यस्तै जलस्रोत उपयोग विद्ययेक २०७७ र भौतिक पूर्वाधार विकास सम्बन्धि विद्ययेक २०७७ र तथ्यांक तथा अभिलेख विद्ययेक २०७७ पेस भएका हुन् । जुन विद्ययेकले नगरपालिकाको विकासमा दीर्घकालीन महत्व राख्ने देखिन्छ।संविधानले नगरपालिकालाई आफ्नो मातहतमा नगरप्रहरी राख्न सक्ने अधिकार दिएको छ ।
नगरपालिकाले ऐन नै बनाएर व्यवस्थित बनाउनको लागि यो विद्ययेक प्रस्तुत गरेको हो । सबै भन्दा महत्वपूर्ण विद्ययेकका रुपमा कोहलपुर नगरपालिकाको आठौँ नगर सभामा अपांगता व्यक्तिहरुको बारेमा प्रस्तुत गरिएको विद्ययेक रहेको छ । अपांगता भएका व्यक्तिहरु अहिले पनि राज्यको मुल प्रवाहमा आउन सकिरहेका छैनन् । उनीहरुका समस्या स्थानीयस्तरमा समेत धेरै छन् । बाँकेका आठ पालिका मध्ये कोहलपुरमा समेत यस्ता समस्या रहेका छन् ।
अहिले पनि यहाँका भौतिक संरचना र सेवामुलक कार्यालयहरु अपांगता मैत्री बन्न सकेको छैन । यो विद्ययेकमा ती कुराहरु उल्लेख गरिएका छन् । यस्तो खवरले अपांगता भएका व्यक्तिहरुमा खुसी छाएको छ ।यस्तै तथ्यांक तथा अभिलेख विद्ययेकले सम्पूर्ण डाटा राख्नको लागि सहयोग गर्नेछ । भौतिक पूर्वाधार निर्माणलाई सहज बनाउनको लागि भौतिक पूर्वाधार निर्माण सम्बन्धि विद्ययेक ल्याइएको छ । यी सबै विद्ययेक सभासदहरुलाई अध्ययनको लागि दिइएको छ ।
अब २५ गते बस्ने सभामा दफाबार छलफल हुनेछ । संविधानमा स्थानीय सरकारलाई २२ वटा एकल तथा साझा अधिकार दिइएको छ । कोहलपुरमा अहिले सम्म १५ वटा ऐन बनिसकेका छन् । एकल अधिकारका दुई वटा मात्रै ऐन निर्माण गर्न बाँकी रहेको छ । आठौँ सभा मार्फत थप पाँच वटा विद्ययेक प्रस्तुत गरिएको हो । स्थानीय सरकारको यस्तो प्रस्तावले स्थानीय सरकारको कानुनी बाटो बलियो बन्ने देखिन्छ ।









प्रतिक्रिया दिनुहोस्