प्रतिनिधिसँग ट्राफिक सचेतना



कोहलपुर ः

बैजनाथ गाउँपालिकाका विभिन्न वडामा ट्राफिक जनचेनता अभीबृदि तथा दुर्धटना न्युनिकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अस्थाई ट्राफिक प्रहरी पोष्ट सम्झनाको आयोजनामा त्यहाँका सरोकारवाला निकायसँग छलफल गरिएको हो । बैजानाथ गाउँपालिका वडा नम्बर ५,६ र ८ मा उक्त कार्यक्रम गरिएको अस्थाई ट्राफिक प्रहरी पोष्ट सम्झनाले जनाएको छ ।

असई मदनसिंह मातरका अनुसार वडाहरुमा ट्राफिक नियमबारे जानकारी दिनको लागि अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।उनले वडा जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा भलादमी र स्थानीयको सहभागिता रहेको जानकारी दिए ।

वडा अध्यक्ष सहित त्यहाँका नागरिकहरुलाई ट्राफिक नियमबारे जानकारी दिने तथा दुर्घटना न्युनिकरणमा समाजको भूमिकाका विषयमा छलफल गर्नको लागि अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।‘हामीले अहिले गाउँकेन्द्रीत अभियान गरिरहेका छौ ।मैले गाउँपालिकाको समेत सहयोग मागेको छु ।गाउँमा व्यापक सचेतना फैलाउनुपर्ने देखिन्छ ।त्यसैले वडा अध्यक्षहरुसँग पनि छलफल भएको हो ।’मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनले भने ।

उनका अनुसार अब बैजनाथ गाउँपालिकाका विभिन्न स्थानमा जनचेतनामुलक होडिङ बोर्डहरु राखिनेछ । सम्पूर्ण नागरिकहरुले दर्घटनाको जोखिम न्युनिकरणको लागि सहयोग गनुए पर्ने उनको भनाइ थियो ।

अस्थाई ट्राफिक प्रहरी पोष्ट सम्झनाले अभियान नै रुपमा यस्ता गतिविधिहरुलाई तिव्रता दिने उनले बताए । यता जिल्ला ट्राफिक कार्यालय कोहलपुर बाँकेका प्रमुख राजु भण्डारीले ट्राफिक नियम, जनचेतनामुलक कार्यक्रम र अन्तरक्रिया कार्यक्रम गरिदैँ आएको बताए । उनले यस्ता गतिविधिका कारण बाँकेमा दुर्घटनाको जोखिम पनि बढ्दै गएको जानकारी दिए ।

उनका अनुसार दुर्घटना प्रति सबै नागरिक सचेत हुन जरुरी छ । कार्यालयले पनि यस्ता गतिविधिहरुको गरिरहेको उनले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७७ माघ २० गते मंगलबार