कपडा व्यवसायीको साधारण सभा तथा अधिवेशन



 कोहलपुर । 

कोहपलुर कपडा व्यवसायी संघ कोहलपुरको साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । शनिबार एक औपचारिक कार्यक्रमका बीच संघको चौथो साधारण सभा र तेस्रो अधिवेशन सम्पन्न भएको हो । साधारण सभाको उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य तथा कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र अधिकारीले उद्घाटन गरेका थिए । उक्त अवसरमा बोल्दै अधिकारीले कोहलपुर क्षेत्रमा व्यवसाय गर्ने वयवसाययीहरुमा थुपैै्र समस्या रहेको बताए ।

उनका अनुसार कोहलपुरको आर्थिक विकासको मेरुदण्डका रुपमा रहेका व्यवसायीहरु एकजुट हुन आवश्यक छ । अधिबेसनलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य अधिकारी भने,‘घरभाडाको विषयमा पटक–पटक हामीले समस्या झेल्दै आएका छौ । चोरी डकैती, बिना भन्सारका कपडा आयत, फुटपात पसल, साइकलमा घुमन्ते व्यापारी लगायतका कारणले कपडा व्यवसायीहरु समस्या परिरहेका छन् ।’ यस्तै उनले व्यापारीहरु बीच अवस्वस्थ प्रतिस्पर्धाको अन्त्य हुनु पर्ने बताए ।

साधारण सभाको अवसरमा बोल्दै कोहलपुर नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष कर्ण बहादुर थापाले देश विकास र अर्थतन्त्रमा बलियो बनाउन व्यवसायीहरुको मुख्य भूमिका रहेको बताएका थिए । पछिल्लो समयमा महामारीका कारणले कोहलपुरका व्यवसायीहरुलाई विस्तापित हुँदै गएको भन्दै दुःख व्यक्त गरे । ‘कोरोनाले सिंगो मानव समुदायहरुलाई असर गरेको छ । यसको असरमा हामी पनि परेका छौ । आर्थिक क्षेत्रले समेत समस्या झेल्नु परेको छ । अब एकजुट भएर अघि बढ्नुपर्छ ।’ वडा अध्यक्ष थापाले भने । साधारण सभा तथा अधिवेशन समारोहका अध्यक्षका सभापति मेघराज अधिकारीले महामारीले कपडा व्यवसायीलाई निकै समस्यामा पारिरहेको बताए ।

कपडा व्यवसायीहरुका समस्या बुझ्न र समस्याको समाधान गर्नका लागि कुनै सरकारीतर्फबाट सहयोग र सहकार्य नभएको प्रति उनले दुःख व्यक्त गरेका थिए । लामोसमयसम्म महामारीले पिल्सिएको बेलामा समेत स्थानीय सरकारले सहयोग नगरेको उनको गुनासो थियो । यस्तै उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशका सदस्य तथा कोहलपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नरेन्द्र प्रसाद शर्माले कोहलपुरमा विभिन्न मिल्ने खालका व्यवसायीहरु मिलेर ठुलो होलसेल पसल सञ्चालन गर्न आवश्यक रहेको बताएक थिए ।

कपडा व्यवसाय, विजुली व्यवसाय, जुत्ता व्यवसाय लगायत अन्य व्यवसायहरुलाई कोहलपुरमा ठुलो होलसेल खोल्यौं भने सेवाग्राहीहरु अन्यन्त्र जाँदै जाँदैनन् । त्यसपछि मात्र कोहलपुरको व्यापार फस्टाउँदो अवस्थामा पुग्ने उनको विश्वास रहेको थियो । संघको अध्यक्षमा भण्डारी कोहलपुर कपडा व्यवसायी संघको तेस्रो अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको छ । ११ सदस्सीय समितिको अध्यक्षमा एकराज भण्डारी आगामी दुई वर्षको लागि अध्यक्षमा निर्विरोध अध्यक्षमा चयन भएका छन् ।

जसमा बरिष्ठ उपाध्यक्षमा प्रमेश्वर भट्टराई, उपाध्यक्षमा पूर्ण कुमार पौडेल, महासचिवमा राज कुमार पौडेललाई चयन गरिको छ । सचिवमा राजिब शर्मा र कोषाध्यक्षमा दिनेश सापकोटा निर्विरोध चयन भएको नव निर्वाचित अध्यक्ष भण्डारीले जानकारी दिए । उनका अनुसार सदस्यहरुमा यूवराज शाही, पुष्प सापकोटा, अनु आले, सितल योगी, दिल्लीराम सुवेदी रहेका छन् । सो समिति चयन गर्नका लागि निर्वाचन मण्डल समेत तयार पारिएको थियो । जसमा संयोजक नम प्रसाद शर्मा रहेका थिए भने सदस्यहरुमा दलिराम सापकोटा, दिपेन्द्र कठायत रहेका थिए । भण्डारीले आफ्नो कार्यकालमा कोहलपुरमा रहेको कपडा व्यवसायीहरुका समस्या समाधानका लागि पहल गरिने
बताएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७७ माघ १८ गते आइतबार