क्रिसाको १३औं स्थापना दिवस छात्र–छात्रा म्याराथुन



कोहलपुर ।

बाँकेको कोहलपुरमा रहेका संस्थागत विद्यालयहरुको छाता संगठन (क्रिसा) बाँकेको स्थापना दिवसमा म्याराथुन प्रतियोगिता सम्पन्न भएको
छ । क्रिसाले यसवर्ष कोरोना भाइरसको जोखिमलाई ध्यान दिएर १३ औं क्रिसा स्थापना दिवसमा म्याराथुन प्रतियोगिता र र १२ औं क्रिसा रनिङ्ग शिल्ड प्रतियोगिता गरेको हो । प्रतियोगितामा छात्रतर्फको पाँच हजार मिटर म्याराथुन दौडमा अतुल गोरिया र छात्रातर्फ तीन हजार म्याराथुन दौडमा सम्झना विक उत्कृष्ट भएका थिए ।

कोहलपुरको हवल्दापुरदेखि कोहलपुरका न्यूरोडसम्म म्याराथुन भएको हो । यस्तै उक्त अवसरमा कोहलपुर क्षेत्रको शैक्षिक विकास, क्रिसा गतिविधि र संस्थागत विद्यालयहरुसँग सम्बन्धित भएर समाचार लेखेका दुई जना पत्रकारहरुलाई सम्मान गरिएका थियो । नगद सहित सम्मानित हुनेमा पिपलबोट दैनिक पत्रिकाका सम्पादक चेतकान्त भट्टराई र साप्ताहिक पत्रिका कोहलपुर टाइम्सका सम्पादक विष्णु बेल्वास रहेका छन् । उनीहरुलाई क्रिसाले ११ हजार १ सय रुपैयाँ नगद् सहित क्रिसा पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

क्रिसाका अध्यक्ष शिव प्रसाद डाँगीले उक्त अवसरमा १२ औं क्रिसा रनिङ्ग शिल्ड प्रतियोगिता यहि माघ २४, २५ र २६ गते गर्ने बताए । उनका अनुसार क्रिसा रनिङ्ग शिल्ड प्रतियोगितामा १८ वर्ष मुनिका छात्र र छात्रा तर्फको भलिबल, १२ वर्ष मुनिका छात्र र छात्रा तर्फको फोर ए साईड फुटबलका खेलहरु समावेश गरिने बताए । कोरोना भाइरसका कारण अन्य विद्याका कुनै पनि खेलहरु समावेश नगरी दुई वटा मात्र खेलहरु सञ्चालन गर्ने निर्णय गरेको क्रिसाका अध्यक्ष डाँगीले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७७ माघ १६ गते शुक्रबार