संयोजकमा ढकाल



कोहलपुर ।

सत्तारुढ नेकपा कम्प्युनिस्ट पार्टी (नेकपा) ओली समूह बाँकेको संयोजक सुर्य ढकाल चयन भएका छन् । बुटवलमा बिहीबार भएको नेकपा ओली समूहको लुम्बिनी प्रदेश कमिटी बैठकले ढकाललाई बाँके संयोजक तोकेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि नेकपा राजनितिक रुपमा विभाजन भइसकेको छ ।

सोही क्रममा नेकपा ओली समूहले बाँकेमा संयोजक, सह–संयोजक र सचिव नयाँ चयन गरेको हो । प्रदेश कमिटी बैठकले जिल्ला सह–संयोजकमा किस्मतकुमार कक्षपति र सचिवमा प्रमोद धिताललाई चयन गरेको थियो । कक्षपति खजुरा गाउँपालिकाका अध्यक्ष तथा धिताल भेरी अस्पताल विकास समितिका अध्यक्ष हुन् ।

संयोजक चयन भएका ढकाल भने नेकपा राजनितिक रुपमा विभाजित हुनुअघि लुम्बिनी प्रदेश कमिटी सदस्य थिए । संसद विघटनपछि नेकपामा दुई समूह भएपछि नेकपा बाँकेका संयोजक इन्द्रप्रसाद खरेल (आइपी) र सचिव अशोक कोइराला नेकपा प्रचण्ड–माधव समूहमा रहेका छन् ।

जिल्लाको नेतृत्वमा नेकपा ओली समूहका कोही नभएपछि प्रदेश कमिटी बैठकले आफ्नो समूहको नयाँ संयोजक, सह–संयोजक र सचिव चयन गरेको थियो । अझै पनि निर्वाचन आयोगले नेकपाका दुवै समूहलाई आधिकारिता दिएको छैन । निर्वाचन आयोगले पुस ५ गतेभन्दा अघिकै नेकपाको कमिटीलाई आधिकारीकता मानेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ माघ १६ गते शुक्रबार