जिल्ला मतदात स्थल तथा मतदान केन्द्र सिफारिस समितिले बाँकेका आठ वटै स्थानीय तहमा कुल कुल १ सय ३८ मतदान स्थल र ३ सय ६५ वटा मतदान केन्द्र तोक्ने सिफारिस गरिएको हो ।
शुभाकर विश्वकर्मा, कोहलपुर ।
देशभर झै बाँकेमा पनि निर्वाचनका गतिविधिलाई तीव्र पारिएको छ । पुस ५ गते नेपाल सरकारको सिफारिसमा राष्टपति विद्यादेवी भण्डारीले अनुमोदन गरेको संसद विघटनपनि आगामी बैशाख १७ र २७ मा गरि दुई चरणमा निर्वाचन तोकिएको छ । निर्वाचन आयोगको निर्देशन अनुसर अहिले जिल्ला जिल्लामा निर्वाचनका गतिविधि भइरहेका हुन् ।
यस्तै बाँके जिल्लामा समेत निर्वाचनका गतिविधि अहिले धमाधम भइरहेका हुन् । जिल्ला निर्वाचन कार्यालयले बाँकेले निर्वाचनको तयारी स्वरुप एक साता पहिले जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा मतदाता नामावली सच्याउने लगायतका विषयमा छलफल भएको थियो । निर्वाचन आयोग कै कार्यक्रम अनुसार दोस्रो पटक जिल्ला मतदान स्थल तथा केन्द्र सिफारिस समितिको बैठक बसेको छ ।
सो समितिको निर्णय अनुसार जिल्लाका आठ वटै स्थानीय तहमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ । समितिले सम्बन्धित क्षेत्रको जनसंख्या, भौगोलिक सुगमता तथा मतदाताको संख्याका साथै सुरक्षाको अवस्थाको मध्यनजर गर्दै मतदान केन्द्र तथा स्थल तोकिएको हो । जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख जिल्ला निर्वाचन अधिकारी खुमप्रसाद सुवेदीले समितिले बाँके जिल्लाभर १ सय ३८ वटा मतदान स्थल रहने सिफारिस गरेको उनका अनुसार समितिले आठ वटै स्थानीय तहमा कुल ३ सय ६५ वटा मतदान केन्द्र सिफारिस गर्ने निर्णय गरेको हो ।
उक्त समितिले निर्वाचन आयोगलाई सबै स्थानीय तहमा हुने मतदान स्थल र केन्द्र तोकेको सिफारिस गरेको उनले बताए । सोही अनुसार नेपालगञ्ज उप–महानगरपालिकामा ३४ मतदान स्थल र ८७ वटा मतदान केन्द्रको सिफारिस गरिएको छ । भने सबै भन्दा कम नरैनापुरमा गाउँपालिकामा १२ वटा मतदान स्थल र २४ मतदान केन्द्र तोकिएको हो । यस्तै कोहलपुर नगरपालिकामा १८ वटा मतदान स्थल र ५८ वटा मतदान केन्द्र,बैजनाथ गाउँपालिका १६ वटा मतदान स्थल,५० वटा मतदान सिफारिस गरिएको प्रमुख निर्वाचन अधिकारी सुवेदीले मिसन टुडे दैनिकलाई जानकारी दिए ।
यसैगरी राप्तीसोनारीमा १८ वटा मतदान स्थल, ५१ वटा मतदान केन्द्र , खजुरा गाउँपालिकामा १६ वटा मतदान स्थल र ३९ वटा मतदान केन्द्र,जानकी गाउँपालिकामा १२ वटा मतदान स्थल,३६ वटा मतदान केन्द्र र डुुडुवा गाउँपालिकामा पनि १२ मतदान स्थल र ३६ वटा मतदान केन्द्र सिफारिस गरेर निर्वाचन आयोगमा पठाउने निर्णय भएको बताइएको हो ।
बाँकेमा एउटै मतदान स्थलमा सात वटा सम्म केन्द्र रहेका छन् । आयोगको निर्देशन अनुसार तराईमा कम्तिमा २ किलोमिटर दुरी सम्म हिड्नु पर्ने र सार्वजनिक संस्थाहरुलाई केन्द्र र स्थल तोक्नु पर्ने भएकोले बाँकेमा पनि सोही अनुसार सिफारिस गरिएको छ । ‘ केही केन्द्र हेरफेर भएका छन् । केही ठाउँमा केन्द्र पनि थप भएकाक छन् ।
हामीले जिल्लामा अन्य निर्वाचनका गतिविभि समेत बढाएका छौ ।निर्वाचनको माहोल सुरु भइसकेको छ ।’ मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनले भने । यस्तै जिल्लाभर निर्वाचनको लागि मतदाता सच्याउने दिन पनि तीन दिन थपिएको उनले बताए ।









प्रतिक्रिया दिनुहोस्