बाँकेका दुई स्थानीय तहमा शिक्षक दरबन्दी मिलान



डिल्ली शाही ।

बाँकेका आठ वटै स्थानीय तह मध्ये दुई स्थानिय तहले शिक्षक दरबन्दी मिलान कार्य पुरा गरेको छ । बाँकेमा अब छ स्थानीय तहले भने शिक्षक दरबन्दी मिलान कार्य तिव्र रुपमा सञ्चालन गरेको छ । शिक्षा तथा मावन स्रोत विकास केन्द्रले २०७६ सालमा जारी गरिएको निर्देशिका अनुसार बाँकेमा शिक्षक दरबन्दी मिलान गरिएको हो ।

बाँके जिल्लाका नरैनापुर र कोहलपुर नगरपालिकाले शिक्षक दरबन्दी मिलान गरीसकेको छ भने अन्य छ स्थानीय तहले भने दरबन्दी मिलान कार्य तिव्र रुपमा अगाडि बढाइरहेको छ । बाँकेका प्राथामिक, निम्न माध्यामिक, माध्यामिक र ११ र १२ कक्षाको शिक्षक दरबन्दी मिलान गर्ने लागको हो । शिक्षा विकास तथा समन्वय ईकाइका प्रमुख राम सुरेश यादवले सामुदायिक विद्यालयमा कतै विद्यार्थीको संख्या धेरै छ भने कतै शिक्षकको संख्या बढि त्यसकारणले समानुपातिक मिलाउने बताए ।

‘अहिले बाँकेको कुनै पालिकाकामा केन्द्रित दरबन्दी मिलान गर्न लागिरहेका छौं’ उनले भने, ‘आवश्यक परेको खण्डमा पालिका अनुसारको समेत शिक्षक दरबन्दी मिलान गर्ने सकिनेछ ।’ ‘एउटै शिक्षक एउटै विद्यालयमा लामो समयसम्म काम गरिरहेकोले मनपरी भएको देखिन्छ ।’ उनले थपे, ‘अर्को विद्यालयमा गएपछि शिक्षामा केही परिवर्तन आउँछकी भनेर शिक्षक दरबन्दी मिलान गर्ने कार्य गरिरहेका छौं ।

शिक्षा तथा मावन स्रोत विकास केन्द्रले २०७६ साल फागुनमा निर्देशिका जारी गरेको थियो तर महामारीका कारणले गर्दा दरबन्दी मिलान गर्न नसकेको उनको भनाई थियो । ‘१ कक्षा देखि ३ कक्षासम्मका २ जना शिक्षक, १ जना शिक्षक बराबर ५० जना विद्यार्थी हुनु पर्दछ, १ कक्षा देखि ५ कक्षासम्मका ३ जना शिक्षक, ६ कक्षादेखि ८ कक्षासम्म ४ जना शिक्षक, ९ देखि १० सम्म ५ जना शिक्षक, ११ देखि १२ कक्षासम्म भने आवश्यकता अनुसार शिक्षक राख्न सकिने व्यवस्था रहेको उनले भने ।

यस्तै कोहलपुर नगरपालिका नगर शिक्षा प्रमुख अनन्त कुमार पौड्यालले शैक्षिक गुणस्तर बृद्धि गर्नका लागि दरबन्दी मिलान गरिएको बताए । कोहलपुर नगरपालिकामा प्रावि, निमावि, मावि र ११ र १२ गरी २ सय ८४ जना शिक्षकको दरबन्दी मिलान गरेको बताए । ‘दरबन्दी मिलानमा गरी शिक्षा शाखामा चिठि समेत तयार गरिसकेका छौं’ उनले भने, ‘अब केही दिनमा सबै विद्यालयमा पठाइने छ ।’ विद्यार्थी र शिक्षकको अनुपात मिलान गरी शैक्षिक क्षेत्रमा गुणस्तरीयता खोजेको पोड्यालको भनाई थियो ।

यस्तै नरैनापुर गाउँपालिका गाउँ शिक्षा प्रमुख कृष्ण प्रसाद थारुले शिक्षक दरबन्दी मिलान कार्य पुरा भएको बताए । उनका अनुसार दरबन्दी मिलानमा अनुपातमा मिलेको देखिएपछि सोही स्थानमा राखेको बताए । तर केही शिक्षकहरुलाई भने अर्को विद्यालयमा राखेको थारुको भनाई थियो ।

१९ सय २५ जना शिक्षकको दरबन्दी मिलान गर्ने

बाँकेका आठ वटै स्थानीयका गरी १९ सय २५ जना शिक्षक दरबन्दी मिलान कार्य सुरु गरिएको छ । बाँकेका प्रावि, निमावि, मावि, ११ र १२ गरी बाँकेमा १९ सय २५ जना शिक्षक दरबन्दी मिलान कार्य सुरु गरिएको हो । शिक्षा विकास तथा समन्वय ईकाइका प्रमुख राम सुरेश यादवले बाँकेमा प्राविमा १ हजार २ सय ७३ जना, निमाविमा ३ सय ८५ जना, माविमा २ सय ५ जना र ११ र १२ मा ६२ जना शिक्षकहरुको दरबन्दी मिलान हुन लागको बताए ।

शिक्षा विकास तथा समन्वय ईकाइको तथ्थांक अनुसार बाँकेमा प्राविमा ८ सय १३ जना दरबन्दी र ४ सय ६० जना राहत शिक्षकहरु रहेका छन भने निमाविमा १ सय ८३ जना दरबन्दी र १ सय २ राहत शिक्षक रहेका छन् । यस्तै माविमा १ सय ५२ जना दरबन्दी र ५३ राहत शिक्षक रहेका छन भने ११ र १२ मा २१ वटा दरबन्दी र ४१ वटा राहत शिक्षकहरु रहेको तथ्थांकमा उल्लेखि गरिएको छ । यस्तै शिक्षा विकास तथा समन्वय ईकाइको तथ्थांक अनुसार नेपालगन्ज उपमहानगरपालिकामा १ देखि ५ सम्म १७ वटा, १ देखि ८ सम्मको ११ वटा, १ देखि १० सम्म ८ वटा र १ देखि १२ को ७ वटा विद्यालय रहेका छन् ।

यस्तै कोहलपुर नगरपालिकामा १ देखि ५ सम्म ११ वटा, १ देखि ८ सम्म ६ वटा, १ देखि १० सम्म ६ वटा र १ देखि १२ सम्म ५ वटा विद्यालय रहेका छन् । यस्तै बैजनाथ गाउँपालिमा १ देखि ५ सम्म ९ वटा, १ देखि ८ सम्म १० वटा, १ देखि १० सम्म ११ र १ देखि १२ सम्म ४ वटा विद्यालय रहेका छन् । यस्तै खजुरा गाउँपालिकामा १ देखि ५ सम्म १२ वटा, १ देखि ८ सम्म ५ वटा, १ देखि १० सम्म ९ वटा र १ देखि १२ सम्म ५ वटा विद्यालय रहेका छन् । यस्तै राप्तीसोनारीमा भने १ देखि ५ सम्म १९ वटा, १ देखि ८ सम्म १७ वटा, १ देखि १० सम्म ८ र १ देखि १२ सम्म ८ वटा विद्यालय रहेका छन् ।

जानकी गाउँपालिकामा १ देखि ५ सम्म १७ वटा, १ देखि ८ सम्म ४ वटा र १ देखि १० सम्म ३ वटा विद्यालय रहेका छन् । डुडुवा गाउँपालिकामा १ देखि ५ सम्म ९ वटा, १ देखि ८ सम्म २ वटा, १ देखि १० सम्म ४ वटा र १ देखि १२ सम्म १ विद्यालय रहेका छन् । यस्तै नरैनापुर गाउँपालिकामा १ देखि ५ सम्म १८ वटा, १ देखि ८ सम्म १ वटा, १ देखि १० सम्म २ वटा र १ देखि १२ सम्म १ वटा विद्यालय रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ माघ ११ गते आइतबार