कोहलपुर सिटी एकेडेमीमा अध्ययनरत विद्यार्थीहरुले गरे सरसफाई (भिडियाे सहित)



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ लोकनगरमा रहेको   कोहलपुर सिटी एकेडेमीमा अध्ययनरत विद्यार्थीहरुले सरसफाई गरेका छन् । गुट्खा मुक्त क्षेत्र घोषणा गरिएको र ग्रिन एण्ड क्लिन सिटीको घोषणा गरिएको नगर क्षेत्रमा फोहोर बढ्दै जानथालेपछि विद्यार्थीहरुले सरसफाइ गरेका हुन् ।

शुक्रबार बिहान कोहलपुर सिटी एकेडेमीका विद्यार्थीले जनचेतना मुलक प्लेकार्ड सहित फोहार गर्न अनुरोध गरेका थिए । पछि उनीहरुले नै जनचेतना फैलाउने भन्दै कोहलपुरको बसपार्क क्षेत्रमा भएकोे फोहोर उठाएर सरसफाइ गरे ।

बालकालिकाहरुले हातमा जनचेतना सम्बन्धी बोर्डहरु हातमा लिई फोहोर नगर्ने र जथाभावी फोहोर नफाल्नका लागि समेत अनुरोध गरेका थिए । कोहलपुर सिटी एकेडेमीका प्रिन्सिपल चन्द्र मोहन घर्तीमगरले  जनचेनता फैलाउनको लागि सरसफाइ गरिएको बताए ।

उनका अनुसार बालबालिकाहरुले सरसफाइ गरेपछि समाजमा रहेका व्यक्तित्वहरुले पनि सरसफाइको लागि अग्रसरता देखाउलान् नयाँ प्रकारको काम गरिएको हो । बालबालिकाहरुलाई किताबी ज्ञानभन्दा व्यवहारिक हुन आवश्यक रहेको र समाजका व्यक्तिहरुलाई पनि प्रेरित गर्नको लागि पनि कार्यक्रम गरिएको उनको भनाइ छ । ‘अहिले रोडहरुमा हिड्दा जताततै फोहोर छ । दुर्गन्ध फैलिएको छ ।

यसबारे स्थानयि सरकारले पनि ध्यान दिन सकेको छैन । त्यसैले हामीले सरसफाइ गरेका हौँ ।’ उनले भने । कोहलपुरका सडक क्षेत्रका दायाबायाँहरुमा निकै फोहोर देखिन थालेको पनि उनको भनाइ थियो । यस्तै सरसफाइ अभियानमा ५० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

याे भिडियाे पनि हेर्नुहाेस् ।

  • No tags available
प्रकाशित मिति : २०७७ माघ १० गते शनिबार