काेहलपुर ।
बाँकेको भेरीमालिका टेक्निकल कलेज प्रा.लि.द्वारा प्रशिक्षक तालिम सम्पन्न गरेको छ । पौष २७ गतेदेखि सुरु गरेको सो तालिम बुधबार समापन गरिएको छ ।
सो तालिमको कोहलपुर नगरपालिका प्रमुख उपप्रमुख सञ्जुकुमारी चौधरी समापन गरेकी थिइन् । भेरीमालिका टेक्निकल कलेजका सञ्चालक दिनेशराज उपाध्यायले उद्यमशिला अध्ययनरतविद्यार्थीहरुलाई प्रशिक्षक तालिम दिइएको बताए ।
‘केही सिप सिकेर व्यवहारिकमा लागु गर्नका लागि प्रशिक्षको आवश्यकता हुन्छ ।’ ‘प्रशिक्षक तालिम लिएका विद्यार्थीहरुले आफुले पनि प्रशिक्षक दिन सक्नेछन् ।’ उनले भने । १० दिने तालिमको प्रशिक्षक निर्मल सिग्देल र चाँदनी उपाध्यायल प्रशिक्षक दिएका थिए । तालिममा ४० जना सहभागि रहेका थिए ।
प्रकाशित मिति : २०७७ माघ ९ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्